बाढीले क्षतिग्रस्त त्रिशूली शाखा कार्यालय बट्टारमा स्थानान्तरण
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाढीबाट क्षति भएको त्रिशुली शाखा बट्टारमा स्थानान्तरण गरेको छ । आइसिएफसि फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालय, बट्टारमा स्थानान्तरण गरी मिति असोज ५ गते, सोमबार देखि पुनः सञ्चालनमा ल्याएको हो ।
उक्त बाढीका कारण बिदुर नगरपालिका – १, त्रिशूली स्थित शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई बन्द रहेको थियो ।
फाइनान्सले उक्त स्थानमा शाखा पुनःस्थापना तथा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले शाखालाई बिदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गरी बट्टार शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०८३ १०:०८
प्रतिक्रिया दिनुहोस्


