काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले यहि असाज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा पार्टीको १५ औं महाधिवेशन गर्दैछ । वडादेखि पालिका हुँदै क्षेत्रीय अधिवेशनहरु सम्पन्न गरिसकेको कांग्रेस महाधिवेशन नजिक आइपुग्दा इतर पक्षले चुनौति दिइरहेको छ ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन यहि असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा नै हुँदैछ । कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया शुरु गरिसकेको छ ।
असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया शुरु गरिसकेको कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने अधिकांश क्षेत्रको संघीय तथा प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतलाई महाधिवेशन उद्घाटन समारोहका लागि निम्तो समेत दिइसकेको छ ।
यता इतर पक्ष पनि अब पछि नहट्ने भन्दै समानान्तर महाधिवेशनको तयारीमा लागेको छ । शनिवार इतर पक्षको चुनदेवी स्थित सम्पर्क कार्यालय पत्रकार सम्मेलन गरि आफ्नो पक्षको महाधिवेशनको तयारीबारे जानकारी दिएको छ ।
मंसिर २१ गतेदेखि २३ गते महाधिवेशन गर्ने गरि असोज १५ गते वडा अधिवेशन शुरु गरिने जानकारी दिएको छ । पार्टीमा एकताका लागि प्रयास गरे पनि सम्भव नभएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
विशेष महाधिवेशनबाट निर्वाचित संस्थापन पक्षले वेवास्ता गरेपछि इतर पक्ष पनि महाधिवेशनमा होमिएको हो ।
इतर पक्षका नेता डा. शशांक कोईरालाले मंसिरमा हुने महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको बताए ।
अधिवेशन आफूहरुको लागि पनि एउटा परीक्षाको विषय भएको कोइरालाको भनार्य छ ।
इतर पक्षको सदस्यता साढे ७ लाख बढी
काँग्रेस इतर पक्षले आफ्नो १५ औं ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण आफ्नो समूहको निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक कोईरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई उक्त विवरण हस्तान्तरण गरिएको हो ।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको बताए ।
पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको इतर समूहले जनाएको छ ।
सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन इतर पक्षले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ ।
हाल यो वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भएपनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने इतर पक्षल नजाएको छ ।


