News 24 Television
भारत जानबाट कसरी रोकिएका थिए वालेन्द्र ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण कहिले होला ? भारत भ्रमण किन विलम्ब भइरहेको छ? तमाम प्रश्नको जवाफमा परराष्ट्रमन्त्री शिशिर खनालले उचित समयमा हुने भनेका छन्। 

प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमण गर्ने तयारी गरिरहेका थिए। उनले आफ्ना सल्लाहकार कुमार बेनलाई भारत पठाएर यसबारे छलफल नै चलाएको आरोप रास्वपाकै सांसद अमरेशकुमार सिंहले संसदमै लगाएका थिए। यसबारे प्रधानमन्त्री कार्यालयले कुनै जानकारी नदिएपनि उनको भारत भ्रमण निकट भविष्यमै हुने भन्नेबाहेकका तीब्रता भने देखिएका छैनन् । 

प्रधानमन्त्रीको भारत भ्रमणबारेका प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रश्तुत गरेको उनको भनाई छ । 

यता, भारतले भने पटक–पटक वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइसकेको भनिरहेको छ। भारतले दोहो¥याउदै भारत भ्रमणको निम्ति दिएको दाबी गरेपनि प्रधानमन्त्री वालेन्द्र शाहले किन भ्रमणमा चासो देखाएका छैनन वा अन्य विषयका कारण हुन सकेको छैन भन्ने चासो बढ्दो छ ।

भारत भ्रमण कहिले होला ?

भोटेकोशी बाढीपछि नेपाल–भारतको समबन्धमा सुधार आएको देखिन्छ। पीडामा परेको नेपाललाई भारतले दिएको क्विक रेस्पोन्स र भारतले दिएको सहयोग सराहनीय बन्न पुग्यो। भारतको यस्तो सहयोग र सूचनादेखि धेरै कुराको आदानप्रदानका कारण पनि पछिल्लो समय भारतबारेको छवी नेपालमा सुधारिएको देखिन्छ। तर, सरकारले कसरी लिइरहेको छ भन्ने कुराको खास जानकारी भने सार्वजनिक देखिन्न। तर, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्वले विदाई भेट गर्दै दुई देशको सम्बन्ध सुमधुर रहेको विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन्। 

यसरी हघि बढिरहेको दुई देशको सम्बन्धमा नयाँपना आउने अपेक्षा गरिएको बेला भारत भ्रमण फेरि चर्चामा आएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि विश्वमञ्चमा समेत छाएका वालेन्द्रले भारत भ्रमण गर्लान? जवाफ हो– उनको भारत भ्रमण गर्ने चाहना छ। तर, अनेक समस्याकाबीच भ्रमण तय हुन भने सकेको देखिन्न। यस्तोमा उनको भारत भ्रमण तजविजी र भारत सरकारको चाहनामा समेत निर्भर हुने अवस्था छ।

कसरी रोकिएको थियो भ्रमण ?

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने तयारीको अन्तिम चरणमा थिए। परराष्ट्रले आन्तरिक तयारी समेत लगभग सकिसकेको थियो। यत्तिकैमा भारत सरकारको औपचारिक निमन्त्रणा बोकेर नेपाल आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीलाई उनले प्रत्यक्ष नभेट्ने अडान लिएपछि भारतीय पक्र क्रुद्ध बन्न पुग्यो। 

त्यसपछि मिश्रीको नेपाल भ्रमण स्थगित भयो। प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण पनि स्थगित हुन पुग्यो। एकाएक यस्तो स्थिति आएपछि नै प्रधानमन्त्री वालेन्द्रले भारत र चीनका राजदूतलाई एक्लाएक्लै समेत भेटे। यतिमात्रै नभई प्रधानमन्त्री वालेन्द्रले भोटेकोशी बाढीको कहर नझेल्नु परेको भए, उनी भारत पुगिसकेका हुन्थे। किनकी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणपछि चीनको भ्रमण समेत गर्न थालेका थिए। यसले शक्ति संघर्ष मात्रै जन्माएको थिएन, सरकारविरुद्ध पार्टी हाबी हुने र विदेश सम्बन्धमा समेत खेलोफड्को अन्यत्रै मोडिने खतरा बढ्दै थियो। 

यस्तो हुनाले पनि भ्रमण अघि बढ्ने बेला आएको बाढीका कारण स्थगित अहिलेको परिस्थिति अब फेरि अघि बढ्ने संकेत भने देखिन थालेको छ। अब भ्रमणमा निस्किदा नेपालको पुनर्निर्माण, सहयोग र अन्य सहकार्यका निम्ति भन्दै सहज पनि हुने भएकाले निकट भविष्यमै भ्रमण हुनसक्ने देखिन्छ। उसोतः संसदमा दिएको सीमा विवादसम्बन्धिको अभिव्यक्तिले समेत भारत चिढिदा प्रधानमन्त्रीको भारत भ्रमण यसअघि धकेलिन पुगेको थियो।

उपर्युक्त समय भनेको कहिले हो ?

सरकारले उपर्युक्त समयमा विदेश भ्रमण हुने भन्ने गरेको छ। तर, उपर्ययक्त समय भनेको कहिले हो ? जवाफ सहज छैन्। निमन्त्रणा दिने मुलुकले कसरी बोलाउँछ? कस्ता एजेण्डा तय गरिन्छन्?

भ्रमण कस्तो हुन्छ? भेटवार्ताको समय कसरी मिलाइन्छ? तमाम विषय पर्ने भएकाले पनि यो सहज भने देखिन्न। तर, भारत–चीनले यस्ता भ्रमणका निम्ति प्रयास गरिरहेको र भारतले नै पहिले बोलाउने देखिएकाले मुख्य चाडपर्वपछि भ्रमण हुनसक्ने अवस्था छ। तर, नेपालको आन्तरिक राजनीतिमा सुरक्षा निकायहरुले चाडपर्वपछि आन्दोलनको सम्भावना रहेको भनिरहेकाले यसै भन्न सकिने स्थिति भने छैन्। सहज स्थिति बन्यो र देशमा शान्ति सुरक्षाको माहोल ठिकठाक नै चल्यो भने प्रधानमन्त्री वालेन्द्र शाहले सन २०२७ को जनवरीसम्म आफ्नो भ्रमण गरिसक्नेछन्। तर, देशको राजनीतिक माहोल र निमन्त्रणा दिने राष्ट्रमा पनि भर पर्ने भएकाले पर्ख र हेरको स्थिति भने कायमै छ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update