काठमाडौं । नेपाली कांग्रेस १५ औँ महाधिवेशनको संघारमा छ । अहिले वडा र पालिका अधिवेशन सकेर क्षेत्रीय अधिवेशन जारी छ । सभ्य र भव्यताका साथ महाधिवेशन सम्पन्न गर्ने गगन पक्षको लक्ष्य हो । तर कांग्रेस अधिवेशनमा देखिएको लफडा र लुछाचुडीले बदलिएको कांग्रेसमाथि प्रश्न खडा उठेको छ ।
नेपालका राजनीतिक दलहरुलाई शुद्धिकरण, परिवर्तन र रुपान्तरण हुनुपर्ने गतबर्षको जेनजी आन्दोलनले ठुलो पाठ सिकाएको थियो । त्यसपछि गगन थापाले विशेष महाधिवेशन मार्फत् नेपाली कांग्रेसको नेतृत्व कब्जा गरे ।
उनको विद्रोह र कार्यशैलीले ठुलै प्रशंशा पनि पायो । जेनजीको आवाज बोल्ने र सुन्न सक्ने नेताका रुपमा धेरैले चर्चा नगरेको पनि होइन् । उतिबेला कांग्रेस बदल्यौँ–देश बदल्छौँ भन्ने नाराले खुबै चर्चा पाएको थियो । त्यतिमात्रै होइन्, विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै सभापति गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी होइन् भनेर दिएको अभिव्यक्तिले त सबैको मन जितेको थियो ।
तर भनाई र गराईमा विल्कुल फरक हुने रहेछ । बदलिएको भनिएको थापा नेतृत्वको कांग्रेसमा अहिले वडा, पालिका अधिवेशन सकिएर क्षेत्रीय अधिवेसन चलिहरेको छ । असोज १५ भित्र क्षेत्रीय अधिवेशन सक्ने संशोधित कार्यतालिका छ । उसो त क्षेत्रीय अधिवेशनको समयसीमा असोज १३ सम्म थियो ।
महाधिवेशन मिति हेरफेर हुँदा दुई दिन समय थप गरिएको छ । यसअघि असोज १६ देखि असोज १९ गते हुने भनिएको कांग्रेस महाधिवेशन असोज १८ देखि असोज २२ गतेलाई तोकिएको छ ।
यसरी महाधिवेशन कार्यतालिका नै परिवर्तन हुनुमा कांग्रेस अधिवेशनमा देखिएको लफडा मुख्य कारण हो । देशभरका निर्वाचन क्षेत्रमा भएका कुटाकुट र लफडाले बदलिएको कांग्रेस भन्ने नारालाई नै लज्जित बनायो । हात हालाहालकै दृश्य सार्वजनिक हुँदा पुरानै रवैया गगन नेतृत्वको कांग्रेसमा देखिएको छ ।
कहाँ कहा भयो लफडा !
१.सिन्धुपाल्चोक निर्वाचन क्षेत्र २
क्षेत्रीय अधिवेशनका क्रमका मंगलबार सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–२ लफडा हुँदा अधिवेशन नै स्थगित भयो । कारण हो, फर्जी मत पत्र भेटिनु । क्षेत्रीय सभापतिका लागि बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ र पासाङ दोङ चुनावी मैदानमा उत्रिएका हुन् ।
मतदानकै बेला विवाद हुँदा नेता वंशलाल तामाङले मतपेटिकामै खुट्टाले किक हानेको भिडिओ सामाजिक संजाल तात्यो । उनको किकले बदलिएको भनिएको कांग्रेस पुरानै ढर्राको होइा कसरी भन्ने ? । पज(लफडाको भिडियो हाल्ने)
२. सुनसरी निर्वाचन क्षेत्र नम्बर ४
उता सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि स्थिति हातहालाहालकै देखिएको थियो । क्षेत्रीय सभापतिमा भिडेका मनोज साह र गफार अन्सारी समुह विच दोहोरो आक्रामण भयो । मतदानका क्रममा फर्जी मत पत्र फेला आरोपले उग्ररुप लियो । वर्तमान क्षेत्रीय सभापति एयुव अन्सारीले फर्जी मतपत्र फेला परेको आरोप लगाउँदा सभापतिका उम्मेदवार गफार अन्सारी समूहले आक्रमण गरेको आरोप छ । गफार समूहले एयुव अन्सारीले मत पेटिकामा लात्ताले हानेर निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप छ । विवाद उत्कर्षमा पुग्दा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आक्रमणबाट टाउकोमा चोट बोक्न पुगे । (पजः लफठाको फटेज)
३. दैलेख निर्वाचन क्षेत्र नम्बर २
दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा भरत रिजाल सर्वसम्मत क्षेत्रीय सभापतिमा निर्वाचित भएपनि रामचन्द्र भण्डारी समुह सर्वसम्मत प्रतिनिधि चयन गर्न नपाइने माग राखेर तालबन्दीमै उत्रिन पुग्यो । यो समुहले प्रतिनिधि सर्वसम्वत् नभएर चुनाव माफर्त् जानुपर्ने माग राखेको छ ।
यस्तै, वडा अधिवेसनमा क्रियाशील सदस्यताको नयाँ र पुरानो नामावलीको विषयलाई लिएर मोरङमा दुई पक्षबीच विवाद र कुटाकुट भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले समेत हस्तक्षेप गर्नुपरेको थियो ।
रोल्पाको थबाङका दुईवटा वडा तथा लुङ्ग्री–३ मा सदस्यता विवाद र आन्तरिक गुटबन्दी नमिल्दा वडा अधिवेशन नै स्थगित गर्नु गर्न पर्याे । पालिका अधिवेसनमा पनि पर्सा, महोत्तरी र कास्की लगायतका जिल्लामा लफडा र विवादले अधिवेसन नै हुन सकेन् । यी त प्रतिनिधिमुलक घटना मात्रै हुन्, कांग्रेस अधिवेसनमा दर्जनौँ ठाउँमा हानाहान र दोहारो भिडन्त भएका छन् ।
यीनै लफडाले कांग्रेस बदलिएको भन्ने भनाई माथि नै गम्भिर प्रश्नचिन्ह खडा भएको छ । निति, नेतृत्व र कार्यशैली बदल्यौँ भनेको कांग्रेस कहाँ बदलियो त आखिर ?
वडा, पालिका र क्षेत्रीय अधिवेशनमा देखिएको गगन नेतृत्वको कांग्रेस नेताहरुको धक्कामुक्की र लडफाले केन्द्रीय महाधिवेसनमा पनि माहोल नगर्माउला भन्न सकिन्न । बदलिनु भन्नुको अर्थमा भाषणमा मात्रै होइन्, ब्यवहार, कार्यशैली र नीतिमा देखिनु हो ।


