काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताको घर–घरमा पुग्ने अभियानमा जुटेको छ । स्थानीय तहको चुनावलाई लक्षित गर्दै सरकारका कामकारबाहीबारे जानकारी दिँदै जनतासँग प्रत्यक्ष संवाद गर्न रास्वपा सांसद तथा केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि अभियानमा सहभागी हुने भएका छन् ।
७५३ वटै स्थानीय तह क्लिनस्वीप गर्ने–रास्वपाको रणनीति, होला त पुरा ? दर्शकबृन्द अबको ६ महिना भित्र स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचन आयोगले आगामी फागुन महिनामा चुनाव गर्ने गरि तयारी गरिरहेको छ ।
देश–विदेशमा स्थानीय तहको चुनावी माहोल सुरु भइसकेका छन् । सम्भवत् हिन्दुहरुको महान चाँडपर्व दशैँ लगत्तै चुनावी सरगर्मी ह्वात्तै बढ्ने कुरामा दुई मत छैन । यसपटकको स्थानीय तहको चुनावमा कुन–कुन दलले आफ्नो प्रभुत्व जमाउलान् ?
चाँसो बढ्दै गएका छन् । रास्वपा, कांग्रेस, एमाले, नेकपा की अन्य कुनै दल । परम्परगत र साना दल आन्तरिक लुछाचुडीमा ब्यस्त छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने सुझबुझका साथ चुनावी तयारीमा होमिसकेको छ । रणनीतिक रुपमै होमिएको रास्वपा ७७ जिल्लाका ७५३ स्थानीय तहमा सांसद र केन्द्रीय सदस्यहरुलाई असोज २० गते देखि फिल्डमा पठाउँदैछ ।
अभुतपूर्व जनमत ल्याउनेगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जनता सम्झिने कार्यक्रम लिएर होमिन लागेको हो ।
स्थानीय तहको चुनाव अघि जनताको घर–घरमा पुगेर भलाकुसारी गर्ने, स्थानीय तहको उम्मेदवार छनोट र प्रधानमन्त्री बालेन्द्र शाह‘बालेन’ नेतृत्वको सरकारका ६ महिने उपलब्धीबारे जनतालाई सन्देश लक्ष्य रास्वपाले राखेको छ । यो एक प्रकारको चुनावी राणनीति हो भन्दा फरक पर्दैन् ।
उसो त रास्वपाले यसअघि नै वडा र पालिका जनप्रतिनिधिका लागि क्यान्डिडेट क्लव खुल्ला गरिसकेको छ । भन्नलाई त रास्वपाले जनतासंग संवाद भनेको छ । यसको भित्री रणनीति चुनावी तयारी नै हो ।
संवाद कार्यक्रममा के के हुन्छ ?
पहिलो कुरा रास्वपाले आसन्न स्थानीय तहको चुनावका लागि सक्षम, इमानदार र नेतृत्व लिन तयार व्यक्तिको खोजी जनतासंग गर्नेछ । जनतासंग राय, सल्लाह र सुझाव सांसद तथा नेताहरुले लिनेछन् ।
अझ विशेषगरी रास्वपाले अघि सारेको उम्मेदवार छनोट विधि ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ र उम्मेदवार छनोटका बारेमा स्पष्ट पार्ने योजना बनाएको छ ।
संवाद कार्यक्रमलाई स्थानीय तहमा स्थापित गर्न रणनीतिक शक्तीका रुपमा रास्वपा मैदान उत्रिन लागेको हो । दोस्रो कुरा, सरकार र संसदका कामकारबाहीको बारेमा जनतालाई बुझाउने भन्ने हो ।
बालेन शाह नेतृत्वको सरकारले ६ महिनामा गरेका काम र सांसदहरुले संसदमा खेलको भुमिका विषयप्रधान बनाइएको छ । सरकारका सकरात्मका कामका ठेली र संसदीय भुमिकाको विषयमा जनतालाई प्रष्ट पार्ने तयारी पनि रास्वपाले गरेको छ ।
कस्तो आउला जनमत ?
अहिले कुनैपनि स्थानीय तहमा रास्वपाको नेतृत्व छैन । किनकी अहिलेको वहालवाल जनप्रतिनिधि निर्वाचित हुँदा रास्वपा पार्टी नै गठन भएको थिएन् । तर संघीयता पछि तेस्रो पटक हुन लागेको स्थानीय तहको चुनावमा रास्वपा केन्द्रमा जस्तै आफ्नो पकड जमाउन रणनीतिक रुपमा लागि परेको छ ।
सरकार सञ्चालनमा सार्वजनिक सेवा प्रवाह र सुशासनमा प्रशंशा बटुलेको भएपनि गरिबी र ब्यरोजगारीको अन्त्यसंगै महंगी नियन्त्रण गर्न सरकार असफल देखिन्छ । सडक र सदनमा सरकारका कामकारबाहीको आलोचना पनि भइरहेका छन् ।
रास्वपाले केन्द्रको जस्तै स्थानीय तहमा जनमत पाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । उसो त प्रतिपक्ष र अन्य साना दलको घट्दो लोकप्रियताले रास्वपालाई केहिहदसम्म फाइदा नै हुने आंकलन भइरहेका छन् ।
एमालेमा ओलीकै निरन्तरता, नेकपामा प्रचण्ड, माधव, झलनाथजस्ता पुरानै नेताहरु हुनु र बदलिदो राजनीति माहोल केही समय पुराना दलहरुलाई सकसपूर्ण नै देखिने अवस्था छ । पछिल्ला राजनीतिक विश्लेषण, जनलहर र पुराना पार्टीहरुको शैली हेर्दा गगन नेतृत्वको नेपाली कांग्रेस र रास्वपाबीच नै स्थानीय निर्वाचनमा पनि आमनेसामनेको प्रतिष्पर्धा हुने देखिन्छ ।
२०८२ फागुन २१ को प्रतिनिधिसभा चुनावमा १८२ सिटका साथ झण्डै दुई तिहाईको बहुमत ल्याएको रास्वपाले आसन्न स्थानीय तहको चुनावमा कस्तो परिणाम ल्याउला ? रोचक र प्रतिक्षीत बन्दै गएको छ ।


