काठमाडौं । संघीय संसदका दुबै सदनको चालु अधिवेशन सकिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अन्त्य गरेका हुन्। योसंगै यो सत्रको अधिवेशनमा के–के भए त ?
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदन असोज १६ गते मध्यराति १२ बजेदेखि लागू हुने गरि अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३÷०६÷१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राती १२ः०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।’ योसंगै संसदको चालु अधिवेशन सकिएको हो ।
प्रतिनिधिसभाले चालु अधिवेशनमा के ग¥यो ?
– बैशाख २८ बाट शुरु भएको संसद १४५ दिनसम्म जारी रह्यो र ६२ दिनमा जम्मा ६८ बैठक बसे ।
– चालु अधिवेशनले १२ विधयेक पारित ग¥यो ।
– २७७ घण्टा ३० मिनेट संसदीय समय व्यतित भयो ।
– संसदले पारित गरेका १२ मध्ये ११ विधयेक राष्ट्रपतिद्वारा प्रमाणीकरण ।
– २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा ।
– भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रश्ताव पारित ।
– जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका लागि अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति गठन ।
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीका प्रश्न र सरकारले जवाफ दिने काम समेत भएको थियो भने प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण तनाव समेत सिर्जना भएको थियो।
राष्ट्रियसभाले चालु अधिवेशनमा के ग¥यो ?
– राष्ट्रिय सभाको २१ औं अधिवेशन १४५ दिनसम्म चल्दा ५२ बैठक बसे ।
– वैशाख २८ देखि असोज १६ गतेसम्म सञ्चालित २१ औं अधिवेशनले ९८ घण्टा १० मिनेट समय संसदीय कार्यमा खर्चियो ।
– सार्वजनिक खरिद, सम्पती शुद्धीकरण र सहकारीलगायतका महत्वपूर्ण अध्यादेशहरूलाई विधेयकका रूपमा पारित गरी सभाले कानूनी जटिलता फुकाइयो ।
संघीय संसदका दुबै सदन अन्त्य भएका छन्।


