News 24 Television
हिमालयन रिइन्स्युरेन्सदेखि कहाँसम्म सुलभविरुद्ध अनुसन्धान हुँदैछ ? होला सेयर जफत ?

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल र उनकी पत्नी सुभी अग्रवालको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयले ७ दिने सूचना जारी गरेको छ। हिमालयन रिइन्स्युरेन्सको सेयर जफतबारे समेत सोधपुछ शुरु भएको छ ।

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष÷निर्देशकका रूपमा रहेका सुलभ अग्रवाल वित्तिय अपराधको आरोप खेपिरहेका छन्। विवादास्पद व्यवसायी दीपक भट्टसंगको सम्बन्ध र कारोबारकै कारण अनेक रोप झेलिरहेका सुलभ अग्रवालविरुद्ध कम्पनी रजिष्ट्रारको कार्यालयले समेत एक सूचना जारी गर्दै अनुसन्धान शुरु भएको जानकारी दिएको छ । 

कामाख्या फिनकोर्प प्रालिका तत्कालीन सञ्चालक सुलभ अग्रवाल र सुभी अग्रवालका नाममा ७ दिने समाव्हान तथा इतलायनामा म्याद सूचना जारी गरेको कार्यालयले कम्पनीको सेयर मूल्यमा देखिएको वढोत्तरीबारे समेत सोधपुछ गर्ने भनेको छ।

जसमा कामाख्या फिनकोर्पको कम्पनी दर्ता मिति २०७८ वैशाख ३१ गते प्रति सेयर मूल्य १०० रुपैयाँ कायम रहेकोमा २०७८ असार १७ गतेसम्म प्रति सेयर मूल्य ८०० रुपैयाँ पुग्नुको ठोस आधार तथा कारणबारे प्रमाण बुझ्नुपर्ने भन्दै सार्वजनिक सूचना जारी गरिएको हो। उच्च अदालत पाटनको मुद्दा नम्बर ०८१–डीपी–२११० को रोहमा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाईको पर्याप्त मौका प्रदान गर्नु भन्दै मिसिल फिर्ता आएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ। अब कार्यालयले यसबारे थप अनुसन्धान र सोधपुछ गर्नेछ। कार्यालयले सुलभ र सुभीलाई ७ दिनभित्र उपस्थित हुन भनेको हो। 

हिमालयन रिइन्स्योरेन्समा पनि छि¥यो कार्यालय

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया कम्पनीको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन, २०६३ बमोजिम भए÷नभएको विषयमा समेत आवश्यक प्रमाण बुझ्ने प्रक्रिया कार्यालयले अघि बढाएको छ । 

कम्पनी रजिष्ट्रारको कार्यालयले म्याद सूचना हुलाकमार्फत समेत पठाएपनि जवाफ नआएको र त्यसपछि ७ दिने सार्वजनिक सूचना जारी गरिएको उल्लेख गरेको छ। बाटोको म्यादबाहेक ७ दिनभित्र कम्पनी रजिष्ट्राको कार्यालयमा आफै वा आफ्नो प्रतिनिधि पठाउन भनिएको छ।

अब यो समयभित्र पनि सुलभले सम्पर्क गरेनन भने कम्पनी रजिष्ट्रारको कार्यालयले कुनै उजुरवाजुर नलाग्ने गरि काम अघि बढाउनेभनेको
छ ।

सुलभ अग्रवाल र विवाद

शंकर समूहका उपाध्यक्ष समेत रहेका सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अभियोगपत्रअनुसार उनमाथि करिब २५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। गत असार ३ गते विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले भट्टसँगै उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनीहरूलाई डिल्लीबजार कारागार चलान गरिएको थियो। पछि काठमाडौँ जिल्ला अदालतले बिमा र धितोपत्रसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दियो । 

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐनअन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ तथा धितोपत्रसम्बन्धी मुद्दाहरूमा थप रकम धरौटी माग गरेको थियो।तर सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दामा विशेष अदालतको थुना आदेश कायम रहेकाले उनी तत्काल थुनामुक्त हुन सकेका छैनन् र हालसम्म न्यायिक हिरासतमा नै छन्।

दीपक संगको सुलभ कनेक्सन

विवादास्पद व्यवसायी दीपक भट्टसंग पनि सुलभ अग्रवालको कारोबार र विवादास्पद लेनदेन देखिएको बताइन्छ। दीपक भट्टले त झन सुलभले नै आफ्नो नामको टीएमएस अकाउन्टबाट कारोबार गरेको आरोप नै लगाएका छन्। यद्यपी दुवैजनाबीचको कनेक्सन भेटिएकै कारण अनुसन्धान चलिरहेको बताइन्छ। सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष पनि हुन भने उनको परिवार नै यो समूहमा आवद्ध रहेर विभिन्न कारोबार गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update