काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक वैधताको प्रश्नमा राजनीतिक पदचाप फेरिएको छ । कांग्रेसको राजनीतिक लेजिटिमेसी गगन थापाले प्राप्त गरेका छन् । निर्वाचन आयोग र अदालतबाट वैधता पाएपनि सर्वोच्चको निस्सापछि शंकामा परिणत भएको वातावरणलाई राजनीतिक दलहरुले अर्को वैधता दिएका हुन् ।
नेपाली कांग्रेसको वैधता विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सर्वोच्चले के निर्णय गर्छ, त्यो संवैधानिक इजलासले गर्ने निर्णय हो। तर, राजनीतिक रुपमा भने गगन थापा नेतृत्वको नेपाली कांग्रेसको वैधता पाएको देखिन्छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै गगन थापाले सफलता प्राप्त गर्ने विश्वास गर्दै शुभकामना नै दिए।
कांग्रेसको वैधता अदालतमबाट आफूले प्राप्त गर्ने दाबी गर्दै आएका शेरबहादुर देउवा अब के गर्लान ? देउवाले गर्ने भनिएको महाधिवेशन नेपाली कांग्रेसकै ब्यानरमा हुने र यीनै दलका नेताहरुले शुभकामना सन्देश दिने काम होला ? यो शंकाको विषयमात्रै नभई रोचक विषय समेत हो।
कांग्रेस महाधिवेशनलाई शुभकमना दिन पुगेका राजनीतिक दल र नेताहरुले गरेको सम्बोधनबाटै वैधताको राजनीतिक औचित्य गगन थापाले पुष्टी गरेको देखिन्छ। शुभकामना दिन पुगेका नेताहरुले भनेका चन्, लोकतन्त्रको आधारस्तम्भ नेपाली कांग्रेसको भविष्य अब सहजतातर्फ जानेछ। यस्तै उनीहरुको सहभागीता नै कांग्रेसको राजनीतिक वैधताको सवाल पनि हो। यस्तोमा नेताहरु आफ्ना धारणामा सरकारमाथिको प्रश्न र देशको बागडोर सम्हाल्ने विषयमा आफ्ना तर्क राखेका छन्।
कांग्रेसको उद्घाटन सत्रमा पुगेका नेताहरुले दिएको शुभकामनाबाटै राजनीतिक वैधताको सवाल गगन थापालाई प्राप्त भएको छ। यस्तोमा शुभकामना सन्देश दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि देशलाई अघि बढाउने कुरामा सहकार्य गर्ने विषयमा जोड दिए।
कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा गरिरहेको छ। खुलामञ्चबाट १५ औैं महाधिवेशन अघि बढाएको कांग्रेसको सभालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले समेत शुभकामना व्यक्त गरेका छन्। महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्र खतरामा रहेकोदेखि कांग्रेसको ऐतिहासिकता र सहकार्यका विषयमा मन्तव्य राखे ।
कांग्रेसको उद्घाटन सत्रमा देखिएको राजनीतिक दलको शुभकामना सन्देशले राजनीतिक वैधता गगन थापासहितको टोलीले प्राप्त गरेपनि सर्वोच्चले कस्तो फैसला गर्ला ? यो विषय भने चासोमा छ ।
देउवा के गर्लान् ?
सर्वोच्च अदालतबाट निस्सा पाएपछि हौसिएका शेरबहादुर देउवा पक्षका नेताहरुले अब के गर्लान ? यो आम प्रश्न बन्न पुगेको छ । गगन थापासहितको टोलीले आयोजना गरेको महाधिवेशनमा उपस्थित राजनीतिक दलका नेताहरुको अभिव्यक्ति, शुभकामना र उपस्थितिले पनि राजनीतिक वैधताको प्रश्न प्रष्ट बनेको छ।
कांग्रेसको आन्तरिक विवादमा सर्वोच्च अदालतले दिने फैसला अब प्राविधिकमात्रै हुने अवस्था त वन्दैन? प्रश्नहरु देखिन्छन्। निस्सापछि वैधता पाउने दाबी गरिरहेका देउवालाई अब यीनै नेताहरुले उनको महाधिवेशनमा शुभकामना दिन पुग्लान? सम्भावना क्षीण देखिन्छ। कांग्रेसको विवाद अब सर्वोच्चले अन्तिम टुंगो नलगाएसम्म हुने गतिविधिमाथिका प्रश्नहरु थप पेचिला बन्नेछन। यसकारण पनि देउवा पक्षले निर्णय कुर्नुपर्ने अवस्था नै अन्तिम बन्ने देखिन्छ।


