काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रघुवीर कार्कीले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य, मधेस खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले मंगलबार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
कार्की विसं २०६५ सालमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०का तर्फबाट पशुपति बहुमुखी क्याम्पसको स्ववियु सहसचिव निर्वाचित भएका थिए।
त्यस्तै, २०७४ सालमा सम्पन्न नेविसंघको ११औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सर्लाहीबाट दोस्रोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित कार्कीले कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दा निर्वाचन परिचालन समितिको नेतृत्व गरेका थिए।
पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको सक्रिय सहभागिता र नेतृत्व स्थापित गर्न मेरो उम्मेदवारी हो,’ कार्कीले भने ।
अधिवक्तासमेत रहेका कार्कीले पार्टीमा परिवर्तन र रूपान्तरणका लागि आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए।


