काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रश्न गर्ने स्थानबाट जवाफ दिने र खोज्ने स्थानमा पुगेका छन्। कांग्रेसको १५ औं महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित हुने सम्भावना बलियो नै छ। यस्तोमा गगनले अब पहिले जसरी प्रश्न होइन, समाधान दिनुपर्नेछ। समाधान दिदा उनले कस्ता चुनौती फेस गर्नुपर्ला ?
नेपाली कांग्रेसको १५ औं महाधिवेशन जारी छ । नेतृत्व चयनतर्फ अघि बढेको कांग्रेसको महाधिवेशनले विभिन्न प्रतिवेदन पारित गरिसकेपनि अब नेतृत्व चयनको विषय सहज हुने देखिन्न्। नेतृत्व चयनका लागि देखिएको रस्साकस्सी अब कसरी समाधानको बाटोमा जाल ? यो चासो देखिन्छ भने पहिले गगन थापालाई आइलागेका चुनौती र दिनुपरेको चेतावनीको यो अशं हेरौं ।
कांग्रेस सभापतिको हैसियतमा गगन थापाले महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेकालाई घुमाउरो ढंगले चेतावनी दिइरहेका छन्।
उनी भन्दैछन, अहिले उम्मेदवारीको बाढी नआओस्। पछि जिम्मेवारी दिन सहज हुनेछैन्। यसको सोझो अर्थ हो– उम्मेदवारी दिएर हार्ने जित्ने जे भएपनि पछि अन्य जिम्मेवारी दिन्न। सकेसम्म सर्वसम्मति नभए कम उम्मेदवारी र प्रतिष्पर्धा छरितो होस्। यो कथ्य कांग्रेस सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले जिकिर गरिसकेका छन्। आफूलाई सभापतिको उम्मेदवार बन्नबाट रोक्न षडयन्त्र भएको उनको दाबी छ।
शेरबहादुर देउवा पक्षमा रहेका राठौर चार तारे झण्डा र रुख चुनाव चिन्हभन्दै गगन थापाको कित्तामा पुगेका हुन्। उनले अहिले सभापतिमा उम्मेदवारी दिएपनि उनले चुनाव जित्लान? धेरैले शंका गरिरहेका छन्। तर, कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यसरी चुनावमा जानबाटै रोकियो होला ? सामान्य प्रश्न उठ्ने देखिन्छ। उसोतः विशेष महाधिवेशनमा समेत गगन थापले सर्वसम्मतिले सभापति बन्ने माहोल सिर्जना गरेका थिए।
चुनौती के ?
केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म पुग्दा प्रश्न गरेरै गगन स्थापित भएका हुन्। कडा प्रश्न र वाक कलाका कारण परिचित बनेका गगन थापा अब प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाँउमा पुगेका छन्। अब उनले कांग्रेसको आन्तरिक जीवनमा उठ्ने प्रश्नको जवाफ र समग्र राजनीतिमा उठ्ने समस्याको समाधान खोज्नुपर्ने हुन्छ । यस्तोमा गगनले आफ्नो क्षमता परीक्षण गर्ने मौका समेत प्राप्त गर्नेछन्। तर, चुनौती भने भिमकाय हुनेछन्।
कांग्रेसको आन्तरिक एकता भड्किएको र ठूलो पंक्ति बाहिर रहेको बेला कांग्रेसको नेतृत्व गर्नु सहज हुने देखिन्न । किनकी कांग्रेसमा आन्तरिक विवादकाबीच पनि खुला बहस, छलफल र सांगठनिक रुपमा समेत अनेकन लफडा भइरहने गथ्र्यो। यस्ता विषयमा कडा प्रश्न गर्ने र नेतृत्वलाई समाधान खोज्न चेतावनी दिने गगन अब त्यो स्टेरिङमा त पुगेका छन्, तर कांग्रेसको विगतको अभ्यास र उनीहरुले गरिरहेको राजनीतिक अभ्यासकाबीच कसरी तादम्यता मिलाउलान ? यो चासोमा छ ।
आकांक्षी धेरै, युवा प्रतिनिधित्व पेचिलो
कांग्रेसले पदाधिकारीदेखि केन्द्रीय समिति जम्बो बनाएको छ। कुनैबेला पदाधिकारी संख्या बढाउने भन्दा विरोध गर्ने गगन अहिले आफ्नो पालामा नेताहरुलाई मिलाउनका निम्ति विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय समिति विस्तारमा सफल बनेका छन्।
जम्बो पदाधिकारी टिम, जम्बो केन्द्रीय समितिमा युवाहरुको सहभागीता यसैपनि प्रश्न बन्नेछ। गत वर्षको जेनजी आन्दोलन र त्यसपछिको सेन्टिमेन्टका कारण समेत युवा प्रतिनिधित्वलाई उनले विशेष ध्यान दिनैपर्ने बाध्यता छ। अन्य पार्टीमा समेत यस्तो बहस चलिरहेको बेला गगन अपवाद बन्न सक्ने स्थिति देखिन्न। जसकारण पनि युवाको प्रतिनिधित्वलाई सम्बोधन गर्नुपर्ने चुनौती देखिन्छ।
फेरिएको राजनीतिक पदचाप
नेपालको राजनीतिमा धेरै कुरा फेरबदल भएको देखिन्छ। आक्रोश र आवेगको राजनीति हाबी हुँदै गएको छ। गगन आफैले हाइपर पोलिटिक्स युग भन्दै यसको पदचापलाई पछ्याउने र समाधान दिने भन्दै गर्दा यो सहज विषय भने छैन्। बढ्दो वेरोजगारी र निराशाले मानिसलाई आक्रोशित र आवेगप्रेरित बनाइरहेको छ । जसकारण पनि फेरिएको राजनीतिक पदचापअनुसारको कर्म गर्नुपर्ने बाध्यता देखिन्छ। योसंगै कांग्रेसको राजनीतिमा पनि बदलाव देखिने संकेत नेताहरुले गरिरहेका छन्। उपसभापति विश्वप्रकाश शर्माले देउवा पक्षतर्फ इंगित गर्दै प्यानल बनाएर चुनाव नहुने भनेका छन्।
गगन–विश्वले कांग्रेसलाई डो¥याउने जिकिर गरिरहेको बेला चुनावमा प्यानल नहुने भनिरहेका छन्। विगतमा चुनावी प्रतिष्पर्धा निकै रोचक हुने गथ्र्यो तर, अहिले कांग्रेसमा पनि वामपन्थी पार्टीमा जस्तै चुनावमा प्यानल नबन्ने भन्न थालिएको देखिन्छ। यसले पनि पार्टीभित्रको आन्तरिक चुनौती तत्काल समाधानमा गएको जस्तो देखिएपनि विवादका जराहरु भने रोपिने खतरा रहन्छ ।


