भक्तपुर । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत अहिले देशभर नेतृत्व चयनको चर्चा तीव्र छ। यसै बीच भक्तपुर कांग्रेसका युवा नेता बद्री राम थापा बागमती प्रदेशबाट (३५ वर्ष मुनि) युवा कोटामा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् ।
यो उम्मेदवारीलाई सामान्य मानिएको छैन। यसको पछाडि भक्तपुर क्षेत्र नं २ को भर्खरै सम्पन्न क्षेत्रीय अधिवेशनको एउटा चर्चित इतिहास जोडिएको छ।
प्यानल बाहिरबाट जित्ने एक मात्र नेता
भक्तपुर क्षेत्र नं २ मा विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच सहमति गरेर संयुक्त प्यानल बनाइएको थियो। असोज ११ गतेदेखि सुरु भएको मनोनयनमा सर्वसम्मतिको प्रयास भए पनि अन्तिममा निर्वाचन भएको थियो।
त्यो निर्वाचनमा संयुक्त प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भए, तर प्यानल बाहिरबाट उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने एक मात्र नेता बद्री राम थापा बनेका थिए। उनले उल्लेख्य मतसहित आफ्नो व्यक्तिगत संगठनात्मक शक्ति प्रमाणित गरेका थिए। सोही शक्तिको जगमा टेकेर अहिले उनी केन्द्रीय राजनीतिमा होमिएका थिए ।
को हुन् बद्री राम थापा ? विरासत र विद्रोहको संगम
बद्री राम थापा केवल एक युवा नेता मात्र होइनन्, उनी प्रजातान्त्रिक आन्दोलनको विरासत बोकेको परिवारबाट आएका नेता हुन् ।
उनी प्रजातन्त्रका लागि ७ वर्ष भन्दा लामो समय जेलनेल भोग्नुभएका प्रजातान्त्रिक सेनानी स्व. बलराम थापाका सुपुत्र हुन्। पिताको त्याग र प्रेरणाबाट राजनीतिमा आएका थापाले विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए ।
उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) भक्तपुरको सभापति भएर संगठनलाई मजबुत बनाइसकेका छन्। विद्यार्थी राजनीतिबाट खारिएर क्षेत्रीय राजनीतिमा स्थापित हुनुभएका थापालाई भक्तपुर कांग्रेसमा पुरानो विरासत र नयाँ पुस्ताबीचको सेतु को रूपमा हेरिन्छ।
किन महत्त्वपूर्ण छ यो उम्मेदवारी ?
कांग्रेसमा ३५ वर्ष मुनिको युवा कोटामा केन्द्रीय सदस्य बन्नु भनेको भविष्यको केन्द्रीय नेतृत्वको लागि ढोका खोल्नु हो। भक्तपुर जस्तो संगठनात्मक रूपमा बलियो जिल्लाबाट प्यानल बाहिरबाट एक्लै जितेर आउने युवा नेताले बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा दाबी गर्नुले कांग्रेसभित्रको युवा पुस्ताको विद्रोह र आशा दुवैलाई देखाएको छ।
आफ्नो एयकतभच मा पनि उनले ७ जना शीर्ष नेताहरुको तस्बिर र वी.पी. कोइरालाको तस्बिर राखेर आफू कुनै गुटको नभई समग्र कांग्रेसको साझा उम्मेदवार भएको सन्देश दिन खोजेका छन् ।


