काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनले विभिन्न चार प्रतिवेदन पारित गरेको छ। कांग्रेसको बन्दसत्रले प्रतिवेदन पारित गरेसंगै हब कांग्रेस निर्वाचनको प्रक्रियामा अघि बढ्ने भएको छ। कांग्रेसले अब नेतृत्व चयनका लागि बिहीबारमात्रै मतदान शुरु हुनेछ ।
नेपाली कांग्रेसमा विभिन्न चार प्रतिवेदन पारित भएका छन्। कांग्रेसमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ र प्रवक्ता देवराज चालिसेको प्रतिवेदन पारित भएको हो ।
कांग्रेसले बन्दसत्रमा विभिन्न प्रतिवेदन पारित गर्दै बदलिएको कांग्रसको संकल्प लिएको छ। यस्तै, अब कांग्रेसले निर्वाचनको सत्र शुरु गर्ने भएको छ। कांग्रेसले पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नका निम्ति बिहीबार बिहान १० बजेदेखि मतदान शुरु गरिनेछ। जसअनुसार कांग्रेसले मतदानका निम्ति तीन क्षेत्रमा मत दिन मिल्ने व्यवस्था गरेको छ। जसअनुसार,
१. खुलामञ्च मतदान केन्द्र
कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति र भातृ तथा सुभेच्छुक संस्था
२. राष्ट्रिय सभागह मतदान केन्द्र
बागमती प्रदेश
३. प्रज्ञा प्रतिष्ठान मतदान केन्द्र
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ। जसअनुसार कांग्रेसले पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्नेछ ।
के भने गगनले ?
कांग्रेस सभापति गगन थापाले मतदानमा सहभागी भएपश्वार विवेकको प्रयोग गर्न अपिल गरेका छन्। प्रतिष्पर्धापछि सबै कांग्रेस मात्रे हुने र कुनै गुट नहुने गगनको जिकिर छ ।
उसोतः गगनले आफ्नो १४ औं महाधिवेशनको जिम्मेवारीबाट १५ औंमा प्रवेश गरेको र यसले नयाँ अध्याय कोर्ने दाबी गरेका छन्। नजिक आएको स्थानीय तहको निर्वाचनका निम्ति महाधिवेशन प्रतिनिधिलाई समेत पत्रमार्फत काम दिने दाबी गरेका गगनले कांग्रेस दर्ताका हिसाबले पुरानो भएपनि कामका हिसाबले नयाँ हुने दाबी गरेका छन्।


