News 24 Television
विवाद सकिएकै हो एमालेमा ? के भन्छन नेताहरु र कस्तो स्थिति बन्दैछ ?

काठमाडौं । आन्तरिक विवादको चक्रब्यूहमा फसेको नेकपा एमालेभित्रको शक्ति संघर्ष चर्किएको छ। नेताहरुले प्रश्नमात्रै गरिरेहका छैनन्, अहिलेको स्थितिको जिम्मेवार अध्यक्ष केपी ओली नै भएको भनिरहेका छन्। तर, ओलीले आफ्नाविरुद्ध अभिव्यक्ति दिनेलाई कटअफ समय नै तोकेर कारबाहीको चेतावनी अन्तरपार्टी निर्देशनमार्फत अघि बढाएपछि निर्णय प्रक्रियामा उल्झन देखिन थालेको छ । 

नेकपा एमालेभित्रको आन्तरिक विवाद बढिरहेको छ। तर, नेताहरुले भनिरहेका छन्, बाहिर आएका सबै विषय प्रायोजित हुन्। पार्टीभित्र कुनै विवाद वा वैमनश्यता छैन्। 

पार्टीभित्र विवाद नभएको दाबी गरिएपनि उपमहासचिव लेखराज भट्टले दिएका अभिव्यक्तिले फरक मतमात्रै भनेपनि तनाव देखिन्छ भन्ने कुरा लुक्दैन्। 

विवाद बढेकोमा शंका छैन, तर एमालेले केहि केन्द्रीय समितिमा मनोनयन समेत गरेको छ। विभिन्न नेताहरुलाई मनोनयन गरिएको जानकारी एमालेले दिएको छ। 

महासचिव शंकर पोखरेल र अध्यक्ष केपी ओलीकाबीच विवाद भएको भन्ने विषयमा ओलीले अस्वीकार गर्दै यस्तो नभएकोसम्म भन्न भ्याएका छन्। 

तर, विवाद भने बल्झिदै गएका छन्। ओलीले आफूअनुकुलका नेताहरु ल्याएको भन्दै चलेका विवाद र नेताहरुले बैठकमै गरेको बाझाबाझले पनि विवाद घटेको भने देखिन्न। 

के ग¥यो एमाले स्थायी कमिटी बैठकले निर्णय ?

१.पार्टीका वडास्तरका कमिटीहरुको अधिवेशन आगामी मंसिर २६ गते सम्पन्न गर्ने ।

२.नगर र गाउँपालिका तहका कमिटीहरुको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने ।

३. आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने ।

४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।

५. मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने ।

६.  अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने ।

७.  १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने जसमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) ।

 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update