
- सन्दीप शर्मा
काठमाडौँ । पर्वतारोहण निकै जोखिमपूर्ण भए पनि पर्वतारोहीहरुका भने सामान्य ठान्छन् । जोखिम मोलेर गरिने यो यात्राका क्रममा हुने भवितब्य घट्नापछि खोजी तथा उद्दारमा सहज बनाउने उद्देश्यले अरोहीहरुमा चिप्स जडान गरीने भएको छ । साथै, हिमाल आरोहरण गर्ने ठूलो संख्या भएकाले प्रदुषण पनि बढ्दै गएको छ । त्यसैले प्रदुषण न्यूनीकरण गर्न पर्वतारोहीहरुले जथाभावी दिशापिशाल गर्न पनि निषेध गरिएको छ । अब सगरमाथाबाट आफ्नो दिसा–पिसाव पनि आफूसँगै आधार शिविरमा फिर्ता ल्याउनुपर्ने भएको छ ।
हिमाल चढ्ने पर्वतारोहीहरुलाई विपतमा उद्धार गर्न सहज बनाउने उदेश्यले सरकारले यहि सिजनबाटै उनीहरुको पोशाकमा चिप्स जडान गर्नुपर्ने नियम लागू गर्ने भएको छ । पर्वतारोहण थप सुरक्षित बनाउन यस्तो नियम लागु गर्न लागिएको पर्यटन विभागले जनाएको छ । खोज तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउनका निम्ति आरोहीहरूको पोशाकमा चिप्स जडानलाई अनिवार्य बनाउन लागिएको पर्यटन विभागका निर्देशक तथा साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुखको भनाइ छ ।
त्यसैगरी, पर्वतारोहण गर्ने बढ्दै जाँदा प्रदुषण पनि बढेको छ । त्यसलाई न्यूनीकरण गर्न पर्वतोहरुलाई जथाभावी दिशापिशाव गर्न पनि निषेध गरिएको छ । खासगरी सगरमाथा हिमाल आरोहण गर्नेले अबदेखि आफ्नो दिशापिसाब आफुसंगै बेशक्याम्पमा ल्याउनु पर्ने भएको छ । हिमालमा चिसोले गर्दा बसौं देखिको मलपुत्र थुप्रेर दुर्गन्धित बनेको भन्दै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन भित्रको अधिकार प्रयोग गरि सगरमाथामा दिशापिशाव गरी दुर्गन्धित गर्न निषेध गर्ने नीति ल्याएको हो । संघ सरकारका तर्फदेखि पनि पर्यटन विभाग मार्फत पर्यटन मन्त्रालय हुँदै सो नियम कानुनमै व्यवस्था गर्न कानुन मन्त्रालयमा पठाएको पर्यटन विभागले जनाएको छ ।
सरकारले भर्खरै ल्याएको पर्वतारोहीहरुको पोशाकमा विद्युतीय चिप्स अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्थाले सुरक्षामा थप मद्दत पु¥याएको पर्वतारोहण सञ्चालकहरुले बताएका छन् ।
हिमालको सौन्दर्यता बचाउनु सबैको दायित्व रहेको भन्दै दिशा पिसाब बेशक्याम्पमा ल्याउनु पर्ने स्थानीय सरकारको निर्णय स्वागतयोग्य भए पनि नेपालमा उत्पादन नहुने भएकाले दिशा पिसाब ल्याउने झोला कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती छ ।
हिमाल आरोहण निकै जोखिम र शाहसिक गतिविधि भएकाले सरकारले ब्यवस्था गर्न लागेका यी नियमहरु अति नै प्रभावकारी देखिन्छन् । बर्षौंदेखि नेपालका हिमालहरुमा करीब २ सयका हाराहारीमा आरोही तथा आरोहण दलका सदस्यहरुको शव रहेको आकलन गरिएको छ । त्यसमा पनि सगरमाथा हिमालमा मात्रै एक सय पचास भन्दा बढी शव रहेको अनुमान छ । यस्तै, सगरमाथा आरोहरण गर्ने आरोहीले शौच पनि आधारशिविरमा ल्याउनुपर्ने नियम पनि कार्यान्वयन गर्न सकिए हिमालको सौन्दर्यता जोगाउन सकिनेछ ।