News 24 Television
एनआईसीसीआईकोे १०औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले यही चैत्र १६ गते काठमाडौंको होटल बाराहीमा आफ्नो १० औंवार्षिक साधारण सभासम्पन्न गरेको छ । 

यस कार्यक्रम इटाली र नेपालबीच बलियो व्यवसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको छ । 

उक्तकार्यक्रममा, प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री माननीय रेखा शर्माको साथ अन्य विशिष्ट अतिथिहरुको साथै दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठित व्यक्तित्वहरूको पनि यस कार्यक्रममा उपस्थिति रहेको थियो ।  

त्यसैगरी,नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सकामानार्थ सदस्य राजेशकाजीश्रेष्ठ, र इटालीका लागि नेपालका महावाणिज्य दुतप्रतिमा राणा  पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तित्वहरूलाई चेम्बरको उद्देश्यप्रति उहाँहरुको अटल प्रतिबद्धताको लागि यस सभामा सम्मान गरिएको थियो ।

कार्यक्रममा माननीय रेखा शर्माद्धारा “एनआईसीसीआई डाइरेक्टरी”को अनावरण भएको थियो । जुन चेम्बर अन्तर्गत भएका विकास र परिष्कृत संयोजकतालाई झल्काउँछ । 

उक्त अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने सम्मानित अतिथिहरुलाई कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

साथै, सभा मञ्चमा नवनियुक्त सदस्यहरूलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उहाँहरुको समर्पणको प्रमाणको रुपमा सदस्यता प्रमाणपत्र प्रदानगरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update