काठमाडौं । सुपरमार्केटबाट गरिएको दसैं–तिहारको किनमेल यसपटक केही ग्राहकका लागि बाइक, स्कुटर र नयाँ आईफोन जित्ने अवसरसमेत बनेको छ । एग्रो थाई फुड्स प्रा.लि.ले सञ्चालन गरेको एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘मेगा दसैं धमाका’ उपहार योजनाका विजेताहरू सार्वजनिक भएका छन् । योजनाअन्तर्गत विभिन्न सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरबाट यी पेय पदार्थ खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत मोटरसाइकल, स्कुटर र स्मार्टफोन जितेका हुन् ।
भाटभटेनी सुपरमार्केटबाट एक्सट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने ग्राहकहरूमध्ये चितवनका बिनु बस्नेतले सुजुकीको २५० सीसी मोटरसाइकल जितेका छन् । सोही स्टोरबाट खरिद गर्ने चितवनका सम्राट कुँवर, इटहरीकी शोभा पौडेल र काठमाडौं चक्रपथकी युनिता खत्रीले आईफोन १८ प्रो जितेका छन् ।
सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट खरिद गर्ने अञ्जिला फिगामीले रोयल इन्फिल्ड हन्टर ३५० सीसी मोटरसाइकल जितेकी छन् । मेट्रो मार्ट र के.के. मार्टबाट खरिद गर्ने अनु अवाल र समिर तामाङले क्रमशः बजाज चेतक विद्युतीय स्कुटर जितेका छन्। खजुरी पसलबाट खरिद गर्ने गंगा श्रेष्ठले यामाहा रे जेडआर स्कुटर जितेकी छन् ।
गत असोज १६ देखि मंसिर ५ गतेसम्म सञ्चालन भएको योजनामा सहभागी स्टोरहरूबाट एक्सट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गर्ने ग्राहक लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसरमा सहभागी भएका थिए । योजनालाई थप रमाइलो र सहभागितामूलक बनाउन विभिन्न स्टोरमा ग्राहकसँग प्रत्यक्ष जोडिने गतिविधिसमेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
चाडपर्वको अवसरमा ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको एग्रो थाई फुड्सले जनाएको छ ।


