News 24 Television
पठाओमा सेवा विस्तार, थपियो कार सेवा पनि 

काठमाडौँ । राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले आफ्नो सेवा विस्तार गर्दै कार प्लस सुविधा शुरु गरेको छ । यसले पठाओमा यात्रा गर्ने यात्रुहरुको यात्रालाई थप अरामदायी हुने विश्वास गरिएको छ । 

विगत ५ बर्षदेखि नेपालमा प्रभावकारी रुपमा राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सेवालाई थप विस्तार गर्दै गएको छ । सोमबारदेखि कार प्लस सुविधासुरू गर्दै पठाओले सेवाग्राहीले सहज सेवा लिन मिल्ने बनाएको हो । 

कम्पनीले पठाओ कार अर्थात ट्याक्सी भित्र नै कार प्लसको फिचर थप गरेको छ । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि ल्याएको फिचर्स सजिलै संग पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिन्छ । यो फिचरको ट्याक्सीमा सेवा लिदाँ धेरै नै सन्तुष्टी मिल्ने यात्रुहरुको भनाइ छ । 

नयाँ फिचरमा राखिएका कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएको र एसी सहित फराकिलो सिट सुविधा रहेको छ । त्यसकारण पनि सेवाग्राहीहरुले सजिलै यो सुविधा लिने पठाओ राइडरको भनाइ छ । 

नयाँ आएको यो फिचर हाल काठमाडौं उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकूल विस्तार गरिने पठाओको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update