News 24 Television
‘जितो’ नेपाल र ‘जितो टिएनएपिटिएस’ बीच भगिनी सम्बन्ध स्थापित

काठमाडौँ । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन (JITO) नेपालले JITO TNAPTS जोन- हैदराबाद, कोइम्बटोर र विशाखापट्टनम च्याप्टर्ससँग भगिनी (सिस्टर च्याप्टर) सम्बन्ध स्थापना गर्दै MOU  हस्ताक्षर भएको छ।

हस्ताक्षर समारोह यही वैशाख १८ गते  ह्यात रिजेन्सी, काठमाडौंमा JITO नेपाल च्याप्टरका अध्यक्ष कमल कुमार बेगानीद्वारा सम्पन्न गरिएकाे हाे ।  

 हस्ताक्षर समाराेहमा भारतबाट TNAPTS जोनका करिब २०० सदस्यहरुको सहभागिता रहेको थियो । यो समझदारी पत्रले दुई राष्ट्रबीच विचार, ज्ञान र उत्कृष्ट व्यापार अभ्यासहरूको स्वतन्त्र प्रवाहलाई सहज बनाउने विश्वास गरिएकाे छ। यी साझेदारीले नेटवर्किङ अवसर, सांस्कृतिक आदानप्रदान र परोपकारी कार्यहरुमा सामूहिक प्रयासलाई प्रबल बनाउने बताइएकाे छ ।

JITO विश्वभरका जैन उद्योगी, व्यवसायी, र पेशेवरहरूको समुदाय हो, जसमा संयुक्त राज्य अमेरिका, युरोपेली देश, अष्ट्रेलिया र भारतलगायत २८ अन्तर्राष्ट्रिय स्थानका १५,४११ सदस्यहरू आर्थिक सशक्तिकरण, ज्ञान र सेवाका उद्देश्य पूरा गर्न सक्रिय छन्।

कम्पनी ऐन, २०६३ अन्तर्गत सन् २०१७ मा स्थापना भएको JITO नेपाल च्याप्टरले नैतिक व्यापार अभ्यास, नेटवर्किङ र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्न उद्देश्यका साथ सञ्चालन गर्दै आएको छ । यसले आफ्ना सदस्यहरू बीचको सम्पर्कलाई सहज बनाउँछ, ज्ञानको आदानप्रदानलाई बढावा दिन्छ । साथै नेपाली जैन व्यवसायी समुदायमा सीप विकास र मार्गदर्शनको लागि अवसरहरू समेत प्रदान गर्दछ ।

jito2-1715599645.JPG
 

स्थापना भए देखि यसले दान अभियान, रूख रोपण कार्यक्रम, व्यापार सेमिनार तथा, खेलकुद आयोजना र जागरूकता कार्यक्रमको संचालन गरेको छ। आफ्ना प्रयासहरु मार्फत JITO नेपालले देशको आर्थिक वृद्धि र सामाजिक कल्याण दुवैमा योगदान पुर्याउन प्रतिबद्ध रहेकाे जनाएकाे छ ।

यस सम्झौताको अतिरिक्त JITO नेपाल र यसको युथ विङले यही वैशाख १५ देखि ३० सम्म सगरमाथा बेस क्याम्प ट्रेकिङको आयोजना समेत गरेको छ । यस ट्रेकिङमा भारत, नेपाल, दुबई र थाइल्याण्डका १७ देखि ७४ वर्ष उमेर समूहका १८ सदस्यहरु सहभागी थिए । यस कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटनलाई उजागर गरी देशको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update