News 24 Television
दोलखाकी पद्मा : क्यान्सरसँग लड्दै, समाजसेवा गर्दै

दोलखा । दोलखाकी पद्मा प्रधानको समाजसेवाको चर्चा बढिरहेको छ । दोलखामा जन्मिएकी प्रधान हाल अमेरिकामा बस्दै आइरहेकी छिन् । 

उनले प्रेम पुर्ण प्रताप फाउन्डेसनमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु गर्दै आइरहेकी छिन् । विशेषगरी गरीब जेहेन्दार तथा दलित बालबालिकाहरुलाई सहयोग गदै आइरहेकी उनले आपत्विपद् र समस्यामा परेका बालबालिकाहरुको  उद्धार पनि गरेको बताउँछिन् । 

सो फाउण्डेसन मार्फत उनले विभिन्न सरकारी विद्यालयका गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई नि:शुल्क पढाउने मात्र होइन उनीहरुको क्षमता र योग्यताको आधारमा अमेरिकामा पनि लैजाने गरेको उनको भनाइ छ । दोलखा जिल्लाको विभिन्न विद्यालयहरुसँगै बैतेश्वरमा अवस्थित क्षत्रवति माध्यमिक विद्यालय पनि उनको सहयोग भइरहेको छ । 

248104d4-7959-45c4-a369-586dd15ac0ad-1717981237.jpg
सो विद्यालयका प्रधानाध्यापक पदम जिरेलका अनुसार प्रधानले सो विद्यालयमा ७९\८० को शैक्षिक शत्रमा कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान  गरेकि थिइन  । 

सो विद्यालयमा अध्ययनरत निकेश दास, रन्जिता खाती र करिना मिजारको पढाईको सम्पूर्ण खर्च प्रधानले बेहोरिरहेकी र समिर जिरेललाई थप अध्ययनको लागि अमेरिका लिएर गएकी प्रधानाध्यपाक जिरेलले जानकारी दिए । 

यसरी सामाजिक कार्यमा अग्रसर प्रधान भने क्यान्सरबाट संक्रमित छिन् । ‘म कति बाँच्छु मलाई पनि थाहा छैन्’ भावुक हुँदै उनी भन्छिन् , ‘तर जहिलेसम्म बाँच्छु अरुकै लागि बाँच्छु, अरुकै लागि गर्छुँ । मेरो कारणले कसैको मुहारमा खुसी आउँदा मलाई थप जीवन जिउने प्रेरणा मिल्छ ।’

आफु क्यान्सर संक्रमित हुँदा पनि आफ्नो भन्दा बढि अरुको लागि बढि सोच्नु प्रधानको महानता भएको प्रधानलाई प्राणघातक क्यान्सर रोग लागेपनि सबैको माया र ममताले उनलाई बचाउने र अझै धेरै निमुखाहरुको उज्यालो भविष्य कोर्ने विश्वास प्रधानाध्यापक जिरेलको छ ।

bb4993dd-276d-42c0-9bc0-7e7acd5fe685-1717981103.jpg
केही समयको लागि नेपाल आएकी प्रधान विभिन्न विद्यालयमा आफू शारीरिक रूपमा अस्वस्थ हुदाहुदै पनि सम्पर्कमा आएका अनि आर्थिक अभावका कारण पठनपाठनबाट बन्चित हुन पुगेका  बालबालिका भेट्न्मा ब्यस्त छिन ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update