News 24 Television
करेन्ट प्वाइन्टमा छानीछानी करेन्ट चाउचाउ 

रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा पूmड्स प्रा लि ले बुटवलस्थित कालिकानगरमा ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको छ । 

उद्योगका उत्पादित ८० बढी परिकारहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रालिले ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याएको हो । कम्पनीले देशभर ‘करेन्ट प्वाइन्ट’ संचालनमा ल्याउने अवधारण अन्तर्गत मुलुकमा पहिलो पटक बुटवलमा प्वाइन्टको शुभारम्भ गरिएको होे । बुटवलस्थित कालिकानगरमा यशोदा पूmड्स प्रा लिले मंगलबारदेखि करेन्ट प्वाइन्ट’संचालनमा ल्याएको छ । 

‘करेन्ट प्वाइन्ट’ मा सर्वसाधारणले उद्योगद्वारा उत्पादित करेन्ट ब्राण्ड अन्तर्गतका विभिन्न परिकारका तयारी चाउचाउको खरिद गरेर लैजानुका साथै आफ्नो स्वाद अनुसारको पकाउन लगाएर खाना समेत सक्ने यशोदा पूmड्स प्रालिका संचालक नरिश्वर पौडेलले बताए ।

‘करेन्ट प्वाइन्ट’ मा उद्योगद्वारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेको र यहाँ सर्वसाधरणले इच्छा अनुसार कम्पनीको सामग्री खरिद गर्ने, स्वाद अनुसार पकाउन लगाएर, मेनुमा उपलब्ध चाउचाउ लगायतका परिकारहरु समेत अर्डर गरेर स्वाद लिन सक्ने व्यवस्था मिलाइएको छ । 

२४सै घण्टा संचालनमा रहने गरी उक्त ‘करेन्ट प्वाइन्ट’ मा उद्योगद्धारा उत्पादित विभिन्न परिकारप्रतिको सुझाव समेत संकलन गर्ने र आवश्यक सुझाव कार्यान्वयन गर्ने प्रालिले जनाएको छ । 

करेन्ट प्वाइन्टको मंगलबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले उद्घाटन गरे । उनले रुपन्देहीमा रहेको उद्योगले अन्तर्राष्ट्रिय बजारमा स्वाष्टि, गुणस्तरीय र लाभदायक चाउचाउ उपलब्ध गराइरहेको भन्दै यसमा सबैले गर्व गर्नुपर्ने जनाए । 

उद्योगले राज्यलाई करोडौं कर तिरेको र हजारौं रोजगारी सिर्जना गरेको जनाउँदै उनले सयौं किसानलाई अकबरे खुर्सानी लगायत उत्पादनमा केन्द्रित गरेर ती उत्पादन खरिद गरेर सह्रानीय काम गरेको जनाए । 

यो उद्योगको संरक्षण, प्रबद्र्धन र विकासमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए । उनले करेन्ट प्वाइन्ट धेरै उपभोक्ताको रोजाई बन्ने विश्वास गरे । एकै ठाउँमा करेन्टका धेरै स्वाद लिन पाइने र यस्ता प्वाइन्टले आर्थिक विकासमा सहयोग पुग्ने जनाए ।

प्रालिले सबै उपभोग्य उत्पादन करेन्ट प्वाइन्टमा पाइने जनाएको छ । हरेक मानिसका चाउचाउ खाने पनि अनेक तरिकाहरु हुने जनाउँदै जसलाई ‘करेन्ट प्वाइन्ट’ बाट पस्किने जनाइएको छ । 

प्रालिद्वारा उत्पादित विभिन्न परिकारमा करेन्ट चाउचाउ, करेन्ट स्टिक्स, करेन्ट चिजबल्स, करेन्ट ओनियन रिंग्स, करेन्ट कप चाउचाउ, करेन्ट चिकेन मसाला, करेन्ट जिरा, करेन्ट चिया लगायत ब्राण्डका खाद्यवस्तु करेन्ट प्वाइन्ट उपलब्ध हुनेछन् । 

करेन्ट ब्राण्डको नुडल्स विश्वका ३० बढी मुलुकमा निर्यात हुँदै आएको छ । करेन्ट प्वाइन्टमा हाल १० जनाले रोजगारी पाएका छन् । यता उद्योगमा भने प्रत्यक्ष ३ सय बढी रोजगाररत छन् । यस्तै, किसान, डिलरसहित अप्रत्यक्ष रोजगारी भने ५ हजार बढीले पाएको उद्योगले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update