News 24 Television
घर न घाटका भए दलालले अमेरिका पु¥याएका नेपाली 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि आप्रवासी नागरिकमाथि आक्रामक बनेका छन् । अवैध रुपमा अमेरिकामा बस्दै आएका नागरिकलाई फिर्ता पठाउने भन्दै सूची नै निकालेको ट्रम्प प्रशासनले अमेरिका अवैध रुपमा बसेका नागरिकलाई धमाधम डिपोर्ट गरिरहेको छ । अमेरिकाले चार्टर्ड विमानबाटै फिर्ता पठाउने क्रम जारी रहँदा नेपालीहरु पनि ट्रम्पको निशानामा परेका छन् । 
अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपति पद सम्हालेसँगै अवैध रुपमा बसेका नागरिकप्रति कठोर नीति लिएका छन् ।

अमेरिकाको अध्यागमन कार्यालयले अवैध रुपमा बस्दै आएका आप्रवासी नागरिकहरुको सूची नै सार्वजनिक गरेर धमाधम डिपोर्ट गर्न थालेको छ । 

१४ लाख ४५ हजार नागरिक निश्कासनको सूचिमा

विश्वका १४ लाख ४५ हजार ५ सय ४९ जना नागरिक अमेरिकाको निश्कासनको सूचीमा परेका छन् । ती मध्ये नेपालमा १३ सय ६५ जनाको नाम उक्त सूचीमा समावेश गरिएको छ । अमेरिकाले अवैध आप्रवासी नागरिकलाई डिपोर्ट गर्र्ने भनेर सूची मात्रै सार्वजनिक गरेको छैन, अमेरिकी चार्टर्ड बिमानबाटै धमाधम ती देशहरुमा फिर्ता पठाइरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा भ्रमण गरी निकै उत्साहित भएर फर्किए लगत्तै अमेरिकामा रहेका आप्रवासी भारतीय नागरिकलाई अमेरिकी चार्टर्ड विमानबाट भारत नै ल्याएर झारिदियो । मुखमा पट्टी र हातमा हतकडी लगाएर लगाएर अपमानजनक रुपमा आफ्ना नागरिकलाई फिर्ता पठाएको भन्दै भारतीय संसदमा पनि समेत हंगामा मच्चिएको थियो । 

३६ जना नेपाली फर्काइए

आप्रवासी भारतीयलाई मात्र होइन, अमेरिकाले अहिलेसम्म अवैध रुपमा अमेरिकामा बस्दै आएका ३६ जना नेपाली नागरिकलाई पनि डिपोर्ट गरिसकेको छ । बुधबार विहान मात्रै ८ जना नेपालीलाई अमेरिकी चार्टर्ड विमानले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडिदिएको छ । अर्का एक जना भने कतार हुँदै नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । 

अमेरिकाले डिपोर्ट गरी बुधबार काठमाडौं ल्याईपु¥याइएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा लगेर सोधपुछ गरिएको थियो । फिर्ता गरिएका नेपाली नागरिकलाई के कसरी अमेरिका पुगेको भन्नेबारेमा सोधपुछ गरी ब्यूरोले अमेरिका पठाउने दलालको खोजी गर्ने जनाएको छ । 

मोस्ट वान्टेड दलालको खोजी

अमेरिकामा अबैध रुपमा बसोबास गरेका गरेका नेपालीहरुको डिपोर्ट भइरहँदा ब्यूरोले केही मोस्ट वान्टेड दलालहरुको नाम गृह मन्त्रालयमा बुझाएर ती दलालहरुको खोजी कार्य तीब्र पारेको छ । 


दलालहरुले अमेरिकामा रोजगारीको प्रलोभन देखाई विभिन्न अवैध तरिकाले देश हुँदै अमेरिका पु¥याउने गरेका छन् । अमेरिका लैजाने भन्दै दुबई, थाइल्याण्ड, सिंगापुर, भारतको दिल्ली तथा मुम्बईमा लगेर अलपत्र पार्ने गरेको उजुरीहरु पनि प्रहरीमा आइरहेका हुन्छन् । प्रतिब्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म रबक लिएर अमेरिका पु¥याउने भन्दै ती देशहरुमा नै अलपत्र पारेको पीडितका आफन्तले उजुरी दिएपछि प्रहरीले दलालहरुको खोजी तीब्र पारेको छ । 

यस्तै, दलालले कतिपयलाई मेक्सिको लगेर घनाजंगलको बाटो हुँदै अमेरिका पु¥याउने भन्दै ४० देखि ५० लाख रुपैयाँसम्म पनि असुल्ने गरेका छन् । लाखौं रुपैयाँ दलाललाई बुझाएर जोखिमपूर्ण रुपमा अमेरिका पुगिसकेपछि पनि अमेरिकाले डिपोर्ट गर्न थालेपछि थुप्रै नेपालीहरु विभिन्न देशमा अलपत्र परेका छन् । 

कति छन् अमेरिकामा अवैध आप्रवासी ? 

अमेरिकाकी अध्यागमनको सूची अनुसार अवैध रुपमा अमेरिकामा बस्दै आएका नागरिक मध्ये सबैभन्दा बढी होन्डुरसका नागरिक छन् ।

निस्कासितको सूचीमा रहेका आप्रवासीहरुः 

-   होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना
 
 -  ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३ जना,

 -  मेक्सिकोका २ लाख ५२ हजार ४४ जना, 

-    एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना, 

-   चीनका ३७ हजार ९ सय ८ जना, 

-    भारतका १७ हजार ९ सय ४० जना,  रहेका छन् । 

अमेरिकाबाट डिपोर्टका लागि अन्तिम आदेश भइ कतिपयलाइ पक्राउ गरी डिपोर्ट गरिसकिएको छ भने कतिपय अझै लुकेर बसेका छन् । मोटो दलाललाई बुझाएर अबैध तवरले अमेरिका पुगेका नेपालीहरु यतिबेला घर न घाट हुने चिन्ताले अमेरिकामै लुकेर बसेका छन् । 

आफ्ना नागरिकलाई कसरी सुरक्षित गर्ने वा फिर्ता ल्याउने भन्नेमा नेपाल सरकार भने अनभिज्ञ देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update