News 24 Television
ललितपुरमा २०७२ को भूकम्पको स्मृतिमा सचेतनामुलक कार्यक्रम

काठमाडौं । आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभर नै स्मरण गरिँदैछ । 

साथै विभिन्न सचेतनाभमुलक कार्यक्रमको आयोजना गरिएको छ । आज बिहान ललितपुर महानगरपालिकाको पहलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बिहानै पाटन दरबार स्क्वायर क्षेत्रमा ¥यालीसहितका कार्यक्रमहरु गरिएको छ । 

२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

 उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update