News 24 Television
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता

कैलाली । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुहरूको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीको लागि आफु प्रयत्नरत रहेको बताएका छन् । हमासको आक्रमबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । ती मध्ये ८ जना सुदूरपश्चिमका थिए भने सुदूरकै विपिन अझै सम्पर्कविहिन छन् । 

नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले २०८० असोज महिनामा हमासको आक्रमणबाट मारिएका सुदूरपश्चिम प्रदेशका ८ जनाका परिवारलाई भेटेर सहानुभुति दिएका छन् ।  आतङ्ककारीहरुको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश बिष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उनले दुःख व्यक्त गरेका हुन् । 

राजदूतावासका अनुसार इजरायली सरकारले मारिएका नेपाली विद्यार्थीका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । उता इजरायलमा इजरायली जनता अहिले पनि विपिन जोशीको तस्बीरसहित सुरक्षित फिर्तीका लागि प्रदर्शन गरिरहेको राजदुत आरी बासले बताए । 

५९ बन्धकहरुमध्ये २४ जना जीवितै छन् भन्ने विश्वास भएको बताउँदै उनले बन्धक रहेकाहरुलाई सुरक्षित आफ्नो देशमा फिर्ता पठाउन पहल भईरहेको जानकारी दिए । 

बन्धक बनाएइका विपिनका परिवारले नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासलाई सुरक्षित नेपाल आउने बातावरण मिलाई दिन आग्रह गरे । 

ईजरायल सुरक्षित रहेको बताउदै पर्यटक र विदेशी कामदार लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत, फिलिपिन्स, थाइल्याण्ड, नेपाल र मलावी लगायतका विद्यार्थीहरु कृषि प्रविधि सिक्न इजरायल आउने गरेको उनले । 

इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट सयौँको संख्यामा मृत्यु र घाइते भएका तथा कैयौलाई हमास समूहले अपहरण तथा बन्धक बनाउँदै आएको छ । पछिल्लोपटक २०८० असोज महिनामा पनि हमास लडाकुहरु इजरायल प्रवेश गरी कैयौको हत्या र अपहरण गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update