News 24 Television
श्रम कानूनको कार्यान्वयनमा समस्या 

काठमाडौं । बिभिन्न श्रमिक संघ सगठनका प्रतिनिधिहरुले सरकार श्रमजीवी तथा पेशाकर्मीहरुको समस्यामा गम्भीर नभएको गुनासो गरेका छन् । श्रमिक नेताहरुले श्रमजीवीहरु न्यूनतम पारिश्रर्मिक तथा सेवा सुविधावाट बन्चित रहेको भन्दै सरकार श्रम कानूनको कार्यान्वयमा गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन् । 

विश्व श्रमिक दिवस मे १ को पूर्वसन्ध्यामा बुधबार समाजवादी ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रम क्षेत्रका टे«ड युनियन नेताहरुले  श्रम कानूनको कार्यान्वयनमा समस्या रहेको धारणा राखेका हुन् ।

बिभिन्न राजनीतिक दलहरुमा बिभाजित श्रर्मिक नेताहरुले श्रर्मिकको वास्तविक समस्यामा काम गर्न नसकेको र श्रर्मिकलाई दलगत विभाजन गरेर श्रर्मिकको मुद्धा ओझेलमा परेको जिकिर गरे । 

श्रर्मिक नेताहरुले निर्माण, यातायात, कृषि तथा औधागिक क्षेत्रहरुमा श्रर्मिककको समस्या जटिल रहेको उल्लेख गदै अनौपचारिक क्षेत्रमा पनि श्रर्मिकको समस्या जटिल भएको बताए । 

श्रर्मिकहरुलाई राजनीतिक दल र भार्त संस्थाहरुमा प्रयोग गरेको भन्दै श्रम क्षेत्रका बिज्ञहरुले श्रर्मिकको वास्तविक समस्याको निकास हुन नसकेको गुनासो गरे ।  अन्तराष्ट्रिय श्रम सगठनमा (आइएओ)संग गरिएको प्रतिवद्धतालाई ब्यवहारमा कार्यान्वयन गर्न नसकिएको आइएलओका प्रतिनिधिले ब्यक्त गरे । 

स्वतन्त्र समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले श्रमजीवीहरु बिभिन्न राजनीतिक रुपमा बिभाजित हुदाँ श्रर्मिकको समस्या ओझेलमा परेको गुनासो गरे । 

बिभिन्न राजनीतिक दल र समूहमा बिभाजित श्रर्मिक तथा पेशाकर्मीहरुले श्रमजीवीमा समस्यालाई राजनीतिक रुपमा भन्दा बास्तविक श्रर्मिकको समस्याको रुपमा उठान गर्न नसक्दा आज पनि संगठित तथा असंगठित क्षेत्रमा आवद्ध लाखौको संख्यामा श्रर्मिकहरु समस्यामा परेका छन् । श्रर्मिकलाई राजनीतिक बिभाजनमा गरेर दलहरुदले उनीहरुलाई आश्वासन र प्रलोभनमा पार्ने गरेका छन् ।  

कार्यक्रममा न्यज२४ कर्मी नवराज चालिसे लगायत श्रमजीवी तथा श्रम क्षेत्रमा कलम चलाउने बिभिन्न संचार माध्यमका संचारकर्मीहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update