
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफलाई सहि साबित गर्न केहि कसर बाँकी राख्दैनन् । आफूमाथि प्रश्न गर्नेहरुलाई कुनै न कुनै सन्दर्भ मिलाएर जवाफ फर्काइ हाल्छन् । राजनीतिमा यसरी नै अनेक विषय दिइरहने ओलीले कलाकारलाई समेत व्यङ्ग्य कसेका छन् ।
प्रधानमन्त्री केपी ओली आफ्नो विपक्षमा आउने जस्तासुकै कुराको प्रतिवाद गरिरहन्छन् । आफ्ना विरोधिमाथि गज्जबले पेश हुने प्रधानमन्त्री ओली आफूले लिएको निर्णयमा प्रश्न उठ्ने स्थिति बनेमा भने निर्मम सुनिने गर्छन् ।
यस्तै प्रकृतिको वादविवादमा ओलीले सन्दर्भविनाको कार्यक्रममै विषय उप्काए । प्रधानमन्त्री ओलीले पार्टी कार्यालय निर्माणको बेला नेताहरुले गरेको विरोधलाई लिएर अहिले जवाफ दिइरहेका छन्।
एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय स्थापना गर्ने भन्दै गरेको निर्णयको विरोध गर्ने बिन्दा पाण्डे र उषाकिरण तिम्सिना कारबाहीमा छन् । तर, पार्टी कार्यालयमा चन्दा उठाएर काम गर्ने भन्दै उनीहरुले कारबाही भोगेको विषयलाई ओलीले यसरी उडाइदिएका हुन् ।
उसोतः सर्वोच्च अदालतले पनि जग्गा दान लिन मिल्ने भन्दै अब यस्ता चन्दा वा दान जे सुकै लिने स्थिति बनेमा पनि कार्यविधि बनाउनु भनेको छ । भने सर्वोच्चले ओलीले लिएको निर्णयलाई वैधता दिएको देखिन्छ ।
सर्वोच्चको फैसलाको पूर्णपाठ समेत केहिदिन पहिले मात्रै सार्वजनिक भएको थियो । यसरी विरोधि र प्रतिपक्षी समक्ष निर्मम पेश हुने प्रधानमन्त्री केपी ओलीले कलाकारलाई समेत दनक दिएका छन् ।
जनकपुरमै रेल पुगेको तर दार्जलिङमा रेल किन भनेको भन्दै प्रश्न गरे । बनेपामा बन्न लागेको अत्याधुनिक चलचित्र स्टुडियो शिलान्यास कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ओलीले भरतपुर क्रिकेट रंगशालामा पनि धुर्मुस सुन्तलीमाथि कटाक्ष गरे ।
दुख पाएको स्मरण गरेका ओलीले यस्ता विषयमा समाधान खोजिने आश्वासन पनि दिए ।
आश्वासनसमगै असफल योजनाबाट प्रताडित बनिरहेका धुर्मुस सुन्तलीलाई ओलीले क्षमता आंकलन गर्नुपर्नेमा समेत सचेत गराउन खोजेको देखिन्छ ।
यसरी ओली आफूलाई लागेका कुरा स्थापित गर्न जस्तोसुकै तहसम्म पुग्नसक्छन भन्ने कुरा प्रष्ट देखिन्छ । सर्वसाधारणले के भन्लान भन्नेसमेत ख्याल नगरि एकहोरो सभ्यता, संस्कार र उपदेश दिन पछि नहट्ने ओली प्रतिवादका लागि माहिर मानिन्छन् ।