
काठमाडौं । झ्याप्प झ्याप्प विजुली जाँदा सर्वसाधारणले भनिरहेका छन्, कुलमान घिसिङ नहुँदा लोडसेडिङ हुन थाल्यो । घण्टौंसम्म विजुली जाने कुराले सर्वसाधारण पेरि लोडसेडिङ हुन लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । के कुलमान नभएकै कारण विद्युत समस्या आउन थालेको हो ? प्राधिकरणले सार्वजनिक रुपमै यसबारे जानकारी गराएको छ ।
अघोषित लोडसेडिङ हुन थालेको भन्दै सर्वसाधारण विद्युत प्राधिकरणमाथि आक्रोश पोखिरहेका छन् । सामाजिक सञ्जालमा वत्ति छ कि छैन भन्ने प्रश्न र प्राधिकरण नेतृत्वमाथि गालीको वर्षा गराउने काम चलिरहेको छ ।
सर्वसाधारणले झ्याप्पझ्याप्प विजुली जानुमा प्राधिकरणका कार्यकारी निर्देशक हितेनद्रदेव शाक्यलाई दोषी करार गरिरहेका छन बने कुलमान घिसिङलाई स्मरण गरिरहेका छन् । तर, प्राधिकरणले भने यसको खण्डन गर्दै विजुली जानुको कारण रुख ढल्दा समस्या सिर्जना भएको भनिरहेको छ ।
प्राकृतिक विपत्तिका कारण विद्युत आपूर्तिमा समस्या आएको दाबी गरेका प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भइरहेको छ ।
सामाजिक सञ्नाल प्रगोयकर्ताले कुलमानलाई सम्झिदै शाक्य र सरकारको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा विद्युत आपूर्ति रोकिए पछि दन्केको आगोले विद्युत प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर घटनाबारे जानाकारी दिएको छ ।
ढल्केवर मुजफरपुरको ४ सय केभि प्रसारण लाइनको दुवै सर्किटमा समस्या आएपछि प्राधिकरणले रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभि लाइनहरु मार्फत नेपाल तर्फको विद्युत गृह सञ्चालन गरि आपुर्ति ब्यवस्था मिलाउन प्रयास गर्दा माग भन्दा कम उत्पादनका कारण सिस्टम स्टेवल नभई लाइन ट्रिपिङ्ग हुँदा विद्युत प्रणाली सञ्चालन हुन नसकेको प्राधिकरणको स्पष्टिकरण छ ।
पूर्वाधारको क्षेत्रमा लगानी नगरे आगामि दिनमा पनि यस्ता खालका समस्या दोहोरिन सक्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले सिस्टमा समस्या आएको बताएपनि अहिले कुलमान लाई हटाएकै कारण पुनः लोडसेडिङ्ग हुन सक्ने भन्दै नागरिकहरुले शंका व्यक्त गरिरहेका छन् । तर प्राधिकरणले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि मध्यकालिन र दिर्घकानियोजना बनाई कामहरु अगाडि बढाई सकेको जनाकारी दिएको छ ।