News 24 Television
उपप्रधानमन्त्री सिंहसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।  

सोमबार शहरी विकास मन्त्रालयमा भेटमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागी थिए । 

sing-1747643768.jpg
 

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, शहरी क्षेत्रले भोगिरहेको अनपेक्षित चुनौतिहरुका बारेमा चर्चा गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न चाहेको बताए। सो क्रममा संयुक्त राष्ट्रसंघीय  भेटका क्रममा शहरी वातावरण अनुकूलन कार्यक्रम र राष्ट्रिय रुपरेखाको विषयमा छलफल भएको थियो । 

भेटमा संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुले आगामी दिनमा जलवायु परिवर्तनले शहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रमहरुमा संयुक्त राष्ट्रसंघकातर्फबाट शहरी विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update