News 24 Television
“हाम्रो पे” र नबिल बैंकबीच सहकार्य

काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र नबिल बैंक'बीच प्रयोगकर्ताहरूका लागि थप सुविधा हुने गरी सहकार्य भएको छ।

अब नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर हाम्रो पेमा सजिलै रकम लोड गर्न सकिने भएको छ । नबिल बैंकका ग्राहकहरूले केही सेकेन्डमै हाम्रो पे वालेटमा पैसा ट्रान्सफर गर्न सक्नेछन् । र, हाम्रो पेले प्रदान गर्दै आएको क्यासब्याक तथा विशेष अफरहरूको लाभ लिन सक्नेछन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update