News 24 Television
जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिको व्यवस्थामा कराँते खेल प्रतिबन्धित रहेको बताएका छन् । १०ओैँ धनबहादुर स्मृति अन्तरास्ट्रिय कराँते प्रतियोगिताको आज उद्घाटन समारोहमा सम्बोधन गर्दै सिंहले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा कराँते समेत सबैले खेल्न नपाउने अवस्था रहेको बताए । 

०४६ सालको जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्न र खेल्न पाउने अवस्था बनेको भन्दै उनले निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गरे । 

‘०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित नै थियो । खेलाडीहरूले गुरूहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘जनअधिकारलाई सुरक्षित गर्दै देश विकासको कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ।’

उनले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले खला रूपमा खेल खेल्न पाउने अवस्था बनेको बताए । प्रजातन्त्र आएर के भयोर भनेर भ्रम फैलाउन खोज्नेहरू सक्रिय रहेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्ति पछि नै नागरिक अधिकार सुरक्षित भएको नविर्सन आग्रह गरे । 

उनले प्रतियोगिता सफलताको शुभकामना पनि व्यक्त गरे ।  त्यस्तै, उपप्रधानमन्त्री सिंहले ०१७ सालमा जनताको अधिकार खोसिएपछि त्यसलाई पुनर्बहाली गर्न र खेलकूदको विकासमा धनबहादुर महर्जनको भूमिका रहेको पनि स्मरण गरे । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update