News 24 Television
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम

मकवानपुर । न्यूज २४ टेलिभिजनको मकवानपुर संवाददाता कृष्णा विष्ट ‘सुनिता’ खोजमुलक समाचार लेखन प्रतियोगितामा प्रथम भएकी छिन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक समाचार लेखन प्रतियोगितामा विष्टले प्रथम स्थान प्राप्त गरेकी हुन् । 

गत चैत्र ५ गते बागमती प्रदेशका १७ जना महिला पत्रकारहरुबीच समाचार लेखन प्रतियोगिता सम्पन्न भएको थियो । जसमा उनी प्रथम भएकी हुन ।

 प्रथम भएसँगै उनलाई बागमती प्रदेश सरकारले नगद २० हजार रुपैंयासहित सम्मान पत्र प्रदान गरेको छ ।  सो पुरस्कार गणतन्त्र दिवसको मुल समारोहकाबीच बिहीबार प्रदान गरिएको हो ।  

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update