News 24 Television
वरिष्ठ पत्रकार बिजय चालिसेको निधन, नेपाली पत्रकारिता तथा साहित्यमा अपूरणीय क्षति

काठमाडौं । नेपाली पत्रकारिताका अग्रज पत्रकार तथा साहित्यकार बिजय चालिसेको निधन भएको छ । जोरपाटी बेसीगाउँ आत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार बिहान उनको निधन भएको हो । पछिल्लो समय आर्वुद रोगबाट पीडित पत्रकार चालिसेको श्वासप्रश्वास सम्वन्धि समस्यावाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

बि.स. २००८ असार २२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरुवारीमा जन्मिएका साहित्यकार चालिसेको शुक्रवार नै गोकर्णेश्वर मन्दिर बागमतिघाटमा अन्तिम संस्कार गरिने स्वर्गिय चालिसेको कान्छा सुपुत्र आलोक चालिसले जानकारी दिएका छन् । 

स्वर्गिय विजय चालिसे वरिष्ठ साहित्यकार रमेश विकलको जेष्ठ सुपुत्र हुन । नेपाली पत्रकारितामा समाचार संकलन तथा सम्पादन लगायतका दर्जनाँै पुस्तक र नेपाली साहित्यको कथा कविता, नाटक तथा बाल साहित्यका शसक्त साहित्यकारको रुपमा परिचित चालिसेका संयौ कृतिहरु प्रकाशित छन् । 

bijaya-chalise-1748587111.jpeg
रमेश विकास साहित्यिक प्रतिष्ठानका संस्थापक समेत रहनु भएका साहित्यकार तथा पत्रकार विजय चालिसे गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा पूर्व कार्यकारी अध्यक्ष भई करीव ३० बर्ष गोरखापत्रमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।

नेपाली पत्रकारिताको समाचार संकलन तथा सम्पादनको बिषयमा गहिरो दख्खल राख्ने पत्रकार चालिसेले वीस बर्ष भन्दा बढी पशुपति बहुमुखी क्याम्पस चावहिलमा प्राध्यापन गरेका थिए । 

बिस २००८ असार २२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जोरपाटी आरुवारीमा जन्मिएका साहित्यकार चालिसेको शुक्रवार गोकर्णेश्वर मन्दिर बागमतिघाटमा अन्तिम संस्कार गरिने स्वर्गिय चालिसेको कान्छा सुपुत्र आलोक चालिसले जानकारी दिए । 

प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गिय विजय चालिसे वरिष्ठ साहित्यकार रमेश विकलको जेष्ठ सुपुत्र हुन । स्वर्गिय चालिसेको नेपाली पत्रकारिताको शिक्षा र भाषा साहित्यमा ठूलो योगदान रहेको समकालिन साहित्यकारहरुको भनाई रहेको छ । स्वर्गिय चालिसेका दुई छोरा र एक छोरी छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update