
वीरगञ्ज । हाम्रो हरियो वातावरण संस्था (ओजीई)ले वीरगञ्जमा विधार्थीहरुका लागी ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित ज्ञान सागर एकेडमीका विधार्थीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको थियो ।
पछिल्ला सयम ट्राफिक नियम पालना नगर्ने र तिब्र गतिमा सवारी चलाउने खासगरी युवाहरु सवारी दुरघटनाका कारण ज्यान गुमाउनु परेको घटना बढ्दै गएको हुँदा सो दुरघटनाबाट बच्न विधार्थीहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको ओजीईका अध्यक्ष आर्यन शाहले बताए ।
उनले सानो गल्तीले ठूलो दुरघटना निम्तन सक्ने हुँदा यसबारेमा अहिलेका युवा तथा विधार्थीहरुलाई ट्राफिक नियम गम्भीर रुपमा पालना गनुर्पर्ने कुरमा जोड दिए । यसता कार्यले केही हदसम्म दुरघटना न्यूनीकरण हुने र विधार्थीहरुलाई समेत सावधानी अपनाउन प्ररित गर्ने अध्यक्ष शाहले बताए ।
कार्यक्रममा पर्साका ट्राफिक प्रहरी निरीक्षक मिन बहादुर साउद, प्रहरी साहयक निरीक्षक ईन्द्र बहादुर मगरलगायत संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।