
काठमाडौं । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशैभर ‘सीधा कुरा मेयरसँग’ कार्यक्रमलाई निरन्तरता दिएको छ । जेष्ठ ४ गतेबाट सुरु भएको पहिलो संस्करणको सातैँ श्रंखला शनिबार नवलपरासी पश्चिमको सदरमुकाम रामग्राममा सम्पन्न भएको छ ।
जनतालाई जानकारी दिने तथा जनताका गुनासो र प्रश्न सीधा मेयरसँग राख्ने उद्देश्यले न्युज २४ टेलिभिजनले सिधा कुरा मेयरसँग कार्यक्रम शुरु गरेको हो । लुम्बिनी प्रदेशको रामग्राम नगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले नगरको समृद्धिको आधारमाथि अनेक प्रश्न उठाएका छन् ।
नवलपरासी जिल्लामा रहेका ७ वटा स्थानीय तहमध्ये रामग्राम जिल्लाको सदरमुकाम रहेको स्थानीय तह हो । भगवान गौतम वुद्धको अस्थिधातु सुरक्षित रहेको पवित्र रामग्राम स्तुप अवस्थित यो नगरपालिका धार्मिक, औधोगित तथा पर्यटकिय सम्भावना बोकेको नगरपालिकाले संघीयता पछि के कस्ता विकास निर्माणका कार्य सम्पन्न भए ? जनप्रतिनिधिका प्रतिवद्धताहरु कति पूरा भए ? कति अधुरा छन् ? लगाएतका बिषयमा स्थानीयले प्रश्न उठाएका छन् ।
स्थानीय सरकारको नीति तथा सहयोगका कारण आजका दिनमा विद्यार्थी विद्यालयमा निरन्तर उपस्थित तथा राम्रो नतिजा ल्याउन सफल भएकोमा रज्जक मियाँले भने खुसी व्यक्त गरेका छन्
समानाताका आधारमा बजेट विनियोजन, महिला तथा बालबालिकालाई पोषणयुक्त कार्यक्रम सञ्चालन, महिला लक्षित उद्यमी बनाऊन मेडेपा मार्फत निरनतर स्रोत सानधको परिचालन, नदिजन्य पदार्थको ठेक्कामा भएको समस्याका कारण उत्पन्न चोरी निकासीलाई निरुत्सानह विभिन्न कार्यक्रम सञ्चालन गरिएको तथा घरघरमा गएर वितरण गर्ने योजना बनाईएको प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले बताए ।
नगरवासीका गुनासो र सुझाव ग्रहण गर्दै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगरको समग्र विकासको लागि रामग्राम नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सरसफाई, पुर्वाधार, प्रर्यटनको क्षेत्रमा समान ढंगबाट काम गरिरहेको दाबी गरे ।
कार्यक्रममा विभिन्न पेशा तथा व्यवसामा संलग्न व्यक्तिहरुले नगरपालिका भित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै जिज्ञासा राखेका थिए ।