News 24 Television
बालाजू होटल व्यवसायी सघंको चौथो अधिवेशन सम्पन्न 

काठमाडौं । बालाजू होटल व्यवसायी संघ बालाजू काठमाडौंको १९ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । 

संघको अधिवेशन शनिवार काठमाडौँमा सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपालले प्रदेश संघले विभिन्न तालिम तथा कार्यक्रमको लागि मन्त्रालय र पर्यटन बोर्डसँग पहल गरिरहेकोले छिट्टै नै तालिमहरू सञ्चालन हुने जानकारी गराएका छन् । 

त्यस्तै, जिल्ला अध्यक्ष सुरेश भुषालले अथक प्रयास पश्चात हाल होटल खुल्ने समय रातको ११ बजे सम्म बनाएकोमा व्यवसायीलाई मर्यादित भएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । 

होटल व्यवसायी महासंघका संरक्षक अमृत भुजेलले संघको नेतृत्व पंक्तिलाई व्यवसायीको पक्षमा निरन्तर खटेर काम गर्न अनुरोध गरेका छन् । 

अधिवेशन शत्रमा संघका कोषाध्यक्ष गंगा बहादुर खाती पेश गरेको आर्थिक प्रतिवेदन र महासचिव लेखनाथ खरालले पेश गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । 

अध्यक्ष टिकाबहादुर रायमाझीले संघको समग्र अवस्था र इतिहासबारेमा धारणा राखेका थिए । संघको चौथो अधिवेशन सूर्यबहादुर खातीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै समापन भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update