News 24 Television
कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ । मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली)ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन्। 


तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १०,००० बराबरको स्टेशनरीको सामग्री वितरण गरेकी हुन् ।

कलाकार रिया गुरूङ ९उज्जेली०  यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् । 

कलाकार गुरूङले यस किसिमको सहयोगको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री प्राप्त भएको छ, जसले उनीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् ।

स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी मावि। का प्रधानाध्यापक सुर्यमान गुरूङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका छन्।

उनले भने, 'रिया गुरूङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउने छ।'

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update