News 24 Television
निषेधाज्ञाविरुद्ध सिंहदरबार गेटमै प्रदर्शन 

काठमाडौँ । सरकारले जारी गरेको निषेधाज्ञा विरुद्ध युवाहरूले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका छन् । बिहिबार दिउँसो सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई  प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 

प्रदर्शनकारीहरुले 'नेपालीलाई नेपालमै निषेधाज्ञा गर्न पाइँदैन', 'गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छ' जस्ता नारासहित प्लेकार्ड बाेकेका थिए ।

c846c5bc-8d9a-4e5c-95ed-d256c556a5f4-1749123042.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update