काठमाडौं । अडियो र वेयरेबल ब्रान्ड, अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोर संचालनमा ल्याएको छ ।
स्टोर सञ्चालनसँगै कम्पनीले आफ्नो नयाँ तथा हालसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच अल्टिमा म्याग्नम ई–७०० पनि सार्वजनिक गरेको छ । उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर पनि ल्याइएको छ ।
कुनैपनि आधिकारिक आउटलेटमा भ्रमण गर्ने ग्राहकहरुका लागि विशेष इन स्टोर लन्च अफरहरु प्रदान गर्दैछ । ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा २ हजार ४ सय ९९ मूल्य बराबरको अल्टिमा एटम १९२ निशुल्क पाउनेछन् । त्यस्तै ७ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ३ हजार ४ सय ९९ मूल्य बराबरको अल्टिमा मार्भल निशुल्क पाउनेछन् ।
११ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ५ हजार ९ सय ९९ रुपैयाँ बराबरको अल्टिमा वाच सर्कल २.० निशुल्क पाउनेछन् । यसैगरी, अल्टिमा डटकम डट एनपी, अल्टिमाको आधिकारिक स्टोरहरू र दराजमार्फत अल्टिमा वाच म्याग्नम ई–७०० खरिद गर्ने ग्राहकहरूले १ हजार ४ सय ९९ रुपैयाँ मूल्यको निःशुल्क स्टेनलेस स्टील स्ट्रयाप प्राप्त गर्न सक्नेछन् । अल्टिमा लाइफस्टाइलले नेपाली उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधि अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता विस्तार क्रम जारी राखेको छ ।
नयाँ बानेश्वरमा शुरु भएको कम्पनीको स्टोर ब्रान्डको द्रुत वृद्धि र लोयल ग्राहक आधारको प्रमाण भएको जनाएको छ । म्याग्नम ई ७०० अल्टिमाको अहिलेसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच हो ।
जसमाः जीवन्त ३६.३३ एमएम ट्रु एमोलेड डिस्प्ले, स्वचालित स्वास्थ्य ट्रयाकिङ, आईओएस र एन्ड्रोइडको लागि अल्टिमा फिट एप समर्थन, आईपी ६८ वाटरप्रुफ, ब्लुटुथ संस्करण, शक्तिशाली ३९० एमएएच ब्याट्री समावेश छ, जसले ७–९ दिनको प्रयोग र ३० दिनसम्मको स्ट्यान्डबाइ प्रदान समय गर्छ ।
जसमा १ वर्षको वारेन्टी समेत कम्पनीले प्रदान गर्दछ । यो आधुनिक जीवनशैलीका लागि बनाइएको अत्याधुनिक प्रविधि र बोल्ड डिजाइनको उत्तम संयोजन हो ।