News 24 Television
लम्कीचुहाका जनप्रतिनिधिलाई शिक्षा, स्वास्थ्य र सडकमा ध्यान दिन सुझाव 

कैलाली । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम अन्तर्गत जेठ २१ गते पहिलो संस्करणको १० औँ श्रृंखला सुदुरपश्चिम प्रदेशअन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले लम्कीचुहा क्षेत्रको समग्र विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । 

न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई थप जिम्मेवार र जवाफदेही बनाउने अभियान अन्तगर्त शुरु गरेको सिधा कुरा मेयरसँगको १० औँ श्रृंखला कैलालीको लम्की चुहा नगरपालिकामा सम्पन्न भएको हो । लम्कीचुहा नगरपालिका देशको एकमात्र यस्तो नगरपालिका हो जसको नेत्तृत्व ३ जना महिलाले गरिरहेका छन् । लम्कीचुहामा मेयर, उपमेयर र प्रशासकिय अधिकृत महिला रहेका छन्  । 

यस नगरपालिकामा के कस्ता विकास निर्माणका कामहरु भए ? आफूहरु निर्वाचनमा होमिदाँ अहिलेका जनप्रतिनिधिले गरेका प्रतिवद्धताहरु कति पूरा भए ? कति अधुरा छन् ? लगायतका बिषयमा स्थानीयले प्रश्न गरेका छन् । 

जनप्रतिनिधिसँगको प्रत्यक्ष साक्षात्कारमा सडक, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेका कार्यमा अझै सुधार गर्नु पर्ने स्थानीयको सुझाव छ । 

नगरवासीका गुनासो र सुझाव ग्रहण गर्दै लम्किचुहाकी प्रमुख सुशिला शाहीले नगरको समग्र विकासको लागि सबै क्षेत्रमा समान ढंगबाट काम गरिएको दाबी गरिन् । 

प्रमुख प्रशाशकीय अधिकृत सुष्मा महता केसीले नगरपालिकामा रहेका नगर प्रमुख, उपप्रमुख देखि सबै कर्मचारीहरु एकजुट भएका कारण कार्यसम्पादनमा कुनै असहजता खेप्नु नपरेको बताइन् । त्यसैले पनि नगरको कार्यसम्पादनमा आफुले ढिलासुस्तीको सामना गर्न नपरेको उनको भनाइ छ । 

नगरपालिका, कैलाली कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुले नगरपालिका भित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै जिज्ञासा राखेका थिए भने, नागरिकबाट आएको जिज्ञासाको जनप्रतिनिधिले जवाफ दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update