News 24 Television
जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र !

सप्तरी । राजनीतिक द्वन्दले सप्तरीको राजविराज नगरपालिका रणभूमिमा परिणत भएको छ । एकै पार्टीबाट निर्वाचित कार्यवाहक नगरप्रमुख र निलम्बित नगरप्रमुख आमनेसामने भएपछि चर्किएको द्वन्दले नगरपालिका अस्तव्यस्त बनेको हो । पछिल्लो पटक आफू अनुकुल हाकिम राख्ने द्वन्दले नगरपालिकामा आन्दोलन भइरहँदा नगरपालिकाको कामकाज प्रभावित बनेको छ । 

यो दृश्य चलचित्रमा दृश्य निर्माण गर्नका लागि चलिरहेको गतिविधिको होइन् । यो नगरपालिकामा भइरहेको राजनीतिक लडाई र स्वार्थसिद्ध गर्नका लागि भइरहेको तोडफोड र सरकारी सम्पत्तिमाथिको ज्यादति हो । सप्तरीेको राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादवमाथि निर्वाचित भएको केही दिनमै निर्वाचन अघिकै एक निर्माण कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा गरेपछि उनी निलम्बित अवस्थामा छन् । 

सुरूदेखि नै नगरपालिकाको नेतृत्व कार्यवाहक नगरप्रमुख इसरत परविनले गरिरहेकी छनर । मेयर–उपमेयर जनता समाजवादी पार्टीबाट निर्वाचित भएपनि उनीहरूबिच द्वन्द चलिरहेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कसलाई बनाउने भन्ने विषयमा मेयर भिमराज यादव र उपमेयर इसरत परविनबीचको आन्तरिक द्वन्द्धका कारण स्थिति बिग्रिन पुगेको छ भने निलम्बित मेयरले संघीय मामला मन्त्रालयले पठाएकैलाई प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने भनिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्षको अन्ततिर प्रमुख प्रशासकीय अधिकृत उपसचिव डा. श्रवण कुमार साहलाई सरूवा गराएर नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त कार्यालय प्रमुख बनाएपछि विवाद सतहमा आएको हो । मंगलबार कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका केही जनप्रतिनिधिले आन्दोलनकाविच प्रहरीको सहयोगमा ताला फोडेर निमित्त कार्यालय प्रमुख भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा नगरपालिकामा दुई पक्षबीच झडप भएको हो । 

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर विवाद चर्किदा कार्यालयमा तोडफोड हुनुका साथै उपमेयर चढ्ने सवारीमा समेत क्षति पुगेको छ । नगरपालिकामा तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update