
बाजुरा । छ । बाम्कामा रहेको नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भइ भीषण बनेको थियो ।
यसै आगलागीबाट भएको क्षतिको विवरण अग्नी पीडित, त्रिवेणी,बुढीगंगा नगरपालिका जिल्ला रेडक्रस सोसाइटी बाम्का बजार व्यवस्थापन समिति र सरोकारवाला,प्रहरीको सयुक्त सहकार्यमा निकालिएको हो । जसअनुसार अहिलेको अवस्थमा १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ क्षति भएको विवरण सार्वजनिक गरिएको छ ।
आगलागीबाट होटल र १ मेडीकल गरि ३४ पसलमा क्षति भएको विवरण सार्वजनिक गरिएको छ । जसमा १८ पसल १ होटल १ वटा मेडीकल जलेर पुर्ण रुपमा क्षति भएका छन् । क्षतिको विवरण त्रिवेणी र बुढिगंगा नगरपालिका कार्यपालिकाले अनुमोदन गरी सकेका छन् । बाम्का बजार बाजुरा जिल्लाको प्रमुख व्यापारी केन्द्र हो । बाम्का बजारमा करिब १ सय ५० भन्दा बढी पसलहरू छन् । सबै पसलहरु टिनको टहरामा रहेका छन् ।
घरपरिवारको गुजरा त्यही पसलबाट गरेका स्थानीयको करोडौंको सम्पत्ति जलेर खरानि बन्यो । अहिले सडकमा बस्नुपरेको छ । उधारो दिएर लेखेको कापी समेत बचेन । साहुको तिर्नुपर्ने ऋण सबै रहयो, तर आफुले उठाउनु पर्ने रकम सबै जलेर खरानी भयो भन्दै चिन्तामा छन् व्यवसायी ।
प्रदेश सरकारको सहयोग
बाम्का बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश विपत् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को आइतबार बसेको बैठकले पीडित परिवारलाई मानवीय सहायतास्वरूप ४० लाख रुपैयाँ दिने निर्णय गरेको हो।
त्रिवेणी र बुढीगंगा नगरपालिकाले सयुक्त रुपमा आगलागी पिडितका लागि राहत कोषकोे स्थापना गरेका छन्। अग्नी पिडितका लागी बुढीनन्दा नगरपालिकाबाट एक लाख, स्वामिकार्तिक गाउँपालिकाले १ लाख त्रिवेणी नगरपालिकाले १० लाख बुढीगंगा नगरपालिकाद्धारा ५ लाख हिमाली गाउँपालिकाबाट १ लाख खप्तड छेडेदह गाउपालिकाबाट १ लाख र बाम्का बजार व्यवस्थापनद्वारा ९ लाख रूपैयाँ चन्दा संकलन गरी पिडितलाइ हस्तान्तरण गरि सकेका छन् ।
तर, यतिले मात्र सम्भव हुदैन तत्कालका लागी बस्ने बास समेत नहुदा तिनै तहका सरकारले अग्नीपीडीतका लागी चाडोभन्दा चाडो बासको व्यवस्था गर्न जरुरी छ ।