
कञ्चनपुर । ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले शुरु गरेको यो कार्यक्रम बुधबार पुनर्वासमा गरिएको हो ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा पुगेपछि काठमाडांैको सिंहदरबार जनताको घरदैलोमा पुगेको भन्ने गरिन्छ । तर, के परिस्थिति यस्तै छ त ? सिहदरबार गाउँमा आएको अनुभुति दूरदराजमा बस्ने नेपालीले गर्न पाएका छन् वा छैन त ?
न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको पुनर्वास नगरपालिकामा सम्पन्न गरेको छ ।
कञ्चनपुरको दक्षिण–पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका दक्षिणः भारतको दुधवा नेशनल पार्कसंग जोडिएको छ । यस नगरपालिकाले ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने ।
नगरपालिका–४ कारगिलडाँडा नजिकै नेपाली भूभागमा कल्भर्ट निर्माणको विषयले उग्ररुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए ।त्यो बेला सिङ्गो मुलुकको ध्यान पुनर्वासतिर तानियो । स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत चर्चा पाएको यो विषय अहिले सेलाए पनि त्यहाँ नेपाल–भारतबीचको सीमा समस्या भने उस्तै रहेको छ ।
न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम सिधा कुरा मेयरसँग बहस कार्यक्रममा सहभागिहरुले सुकुम्बासी समस्या,अवैध तस्करी र सुरक्षाका समस्या, र शिक्षाको क्षेत्रमा ध्यान नदिँदा विद्यार्थीहरूको शैक्षिक स्तर खस्किएको लगाएतका प्रश्नहरु गरेका छन् ।
खुल्ला सीमा व्यवस्थापनमा स्थानीय सरकार र स्थानीय प्रशासन नै सक्रिय हुनुपर्ने स्थानीयको भनाई छ । पुनर्वासमा भारतसंग जोड्ने दर्जनौं खुल्ला नाकाहरु छन । जहाँ नाका व्यवस्थापनमा सरोकारवालाहरु गैरजिम्मेवार बनिदिँदा समस्या हुने गरेको छ ।
स्थानीयवासीले सीमावर्ती क्षेत्रमा हेपाइती र विभेदको सामना गर्नुपरेको कुरा पनि गम्भीर चुनौती रहेको छ । यद्दपी, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले बिभिन्न समस्याका बावजुद पनि नगरपालिका बिकासको गतिमा अघि बढ्ेको बताएका छन् ।
यस्तै, यहाँ कि उपमेयर भुलियाकुमारी रानाले न्यायिक क्षेत्रमा आएका मुद्धाहरुलाई शुन्यमा झार्ने योजन अनुसार काम गरिरहेकी छन् ।
पुनर्वास नगरपालिकाको प्याराताल क्षेत्रदेखि पश्चिम बेलौरी हुँदै बेल्डाँडी गाउँपालिकाको सीमा क्षेत्रसम्म भारतसित लामो समयदेखि सीमा विवाद हुदै आएको छ ।
प्रमुख प्रशासकिय अधिकृत तिलकप्रसाद रिजालले नगरको बिकासको लागि सहकार्य र सहमतिमा काम भईरहेको बताएका छन् । उनले अब आउने बजेटमा जनसहभागिता कुरालाई ध्यानमा राखेर बजेट निर्माण गर्ने बताए ।
सरकारले कञ्चनपुरसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमाको व्यवस्थापनका लागि यस क्षेत्रको विवाद तत्काल समाधान गर्नुपर्ने पुनर्वासबासीको माग छ ।