News 24 Television
न्यूज २४ कर्मी रिजाल 'स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित 

काठमाडौं । न्यूज २४ कर्मी सन्दीप शर्मा रिजाल 'नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित भएका छन्  । बिहीवार काठमाडौंमा आयोजित नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा पत्रकार रिजाल सम्मानित भएका हुन् ।

2-1750326359.jpg
सम्मानित रिजाललाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरेका थिए । समाचारमार्फत स्काउटको विकासमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार रिजाललाई सम्मान गरिएको हो । रिजाल झण्डै दुई वर्षदेखि न्यूज २४ टेलिभिजनमा आबद्ध छन् । 

सम्मानपछि रिजालले स्काउटप्रति धन्यवाद व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update