भ्रष्टाचारविरुद्ध रुसले अन्तराष्ट्रिय युवा प्रतियोगिता सञ्चालन गर्ने

काठमाडौं । भ्रष्टाचारविरुद्ध कडा अभियान चलाउन भन्दै रुसले युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । भ्रष्टाचारविरुद्ध संगै भन्ने नारासहित रुसले १० देखि २५ वर्ष उमेर समूहका युवाहरु लक्षित प्रतियोगिता नै सञ्चालन गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुनेहरुले भ्रष्टाचारविरोधि सन्देश दिने गरि पोस्टर, चित्र र भिडियो निर्माण गर्न सक्नेछन् ।
अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दै रुसले अक्टोबर १, २०२५ सम्म प्रतियोगीहरुलाई आवेदन समेत माग गरेको छ । इच्छुक आवेदक युवाहरुले तोकिएको मितिभित्र फारम भरेर सहभागीता जनाउन सक्नेछन् ।
आवेदनका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय