News 24 Television
पाकिस्तानी दूतावासद्वारा १९५ विद्यार्थीलाई छात्रवृति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १९५ विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृति प्रदान गरेको छ । दूतावासले नेपालका १०२ विद्यालयका १९५  विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो ।

DSC02573-1751005634.jpg
बिहीबार १३औँ राजदूत वार्षिक छात्रवृत्ति पुरस्कार समारोह आयोजना गरिएको थियो । छात्रावृत्ति अन्तर्गत अध्ययनमा निरन्तर उत्कृष्ट गरेका विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो ।

  कार्यक्रममा प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गरे । 

WhatsApp-Image-2025-06-27-at-12.03.40-1751005710.jpeg
राजदूत अब्रार एच हाशमीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक विद्यार्थीहरूसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताए ।

WhatsApp-Image-2025-06-27-at-12.03.40-(1)-1751005653.jpeg
पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update