News 24 Television
पुल बराबरी पुग्यो माहुरी खोलामा बालुवासको सतह

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित महुली खोला बालुवाको सतहले पुरिँदा बर्सेनि वरपरका गाउँ डुबानमा पर्ने गरेको छ । यसपाली पनि नदी बालुवाको सतहले पुरिएको छ । 

जसले गर्दा यसपाली पनि बाढी र डुबानको त्रासदी स्थानीयलाई छ । तर सरोकारवालाले यसलाई समाधान गर्न तदारुकता देखाएको छैनन् । 
पजः यो हो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित महुली खला । 

हरेक वर्ष यो यो खोलाको बहाव गाउँ पस्दा नदी आसपासका गाउँहरु डुबानमा पर्ने गरेका छन् । बर्षामा बाढीसँगै अत्याधिक बालुवा आउने भएकाले  यो खोलाको पुरै सतह बालुवाले पुरिने गरेको छ । तर हिउँदको बेला बालुवा ननिकालिँदा वर्षाको बेलाको खोलको बहाल फैलिएर गाउँवस्तीमा डुब्ने गरेको हो । यसपाली पनि बालुवाको सातहले झण्डै पुलको भाग नै छुन खाजेको छ । 

बर्षेनी नदीमा भरिने गरेको बालुवाको सतह बढदै जाँदा अहिले नदी र पुलबिचको ठाउँ एकदमै साँघुरो भएको छ। बर्षायाममा बर्षेनी आउने बाढीले यस ठाउँमा बाँध भत्काउने गरेको छ । खोला गहिरो नभएकोले बाढीको पानी बाहिर निस्केर नजिकका बस्तीहरू पस्दा बस्ती डुबानमा पर्ने गरेको स्थानीय बताउँछन् । 

तीन बर्षदेखि प्रत्येक बर्ष बाढीले गर्दा स्थानीय गाउँका तीन सय बढी घर डुबानमा पर्ने गरेको छ । तर सरोकारवालाले यो समस्यालाई गम्भीरतापूर्वक लिएका छैनन् । यस बर्ष नदीमा थुप्रिएको बालुवाले सतह झन माथि भएकोले गाउँमा बाढी पस्ने खतरा अझ बढेको छ । महुली खोला अर्थात नदी व्यवस्थापनको कार्य यसबर्ष राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजनालाई दिइएको छ । तर आयोजनाको काम अघि बढ्न सकेको छैन । 

नदीको समस्याबारे सरोकारवाला निकाय जानकार हुँदाहुँदै पनि समयमा समाधान नगर्नुले प्रत्येक बर्ष यहाँ जनधनको क्षति हुने गरेको छ । यो वर्ष पनि मनसुन शुरु भइसकेको छ । मनसुन शुरु भइसकेकाले कुन दिन भिषण वर्षा हुने र बाढी गाउँ पस्ने हो भन्ने स्थानीयलाई त्रासदी छ । त्यसैले रातीमा आकाशको बादल हेरेर मात्रै स्थानीय निदाउने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update