News 24 Television
स्काइवाक तेस्रो वर्षमा प्रवेश, तीन महिनासम्म विशेष अफर

काठमाडौँ । वन्डर्स ग्रुपको लगानीमा काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काइवाक तेस्रो वर्षमा प्रवेश गरेको छ । काठमाडौँ सहरबीच साहसिक गतिविधि गर्न पाउने अवसर उपलब्ध गराउने उद्देश्यले निर्मित उक्त स्काइवाकले आगामी दिनमा अझ रोचक र मनोरञ्जनात्मक सेवा दिने प्रतिबद्धता जनाएकाे छ ।

वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अंकित कप निःशुल्क उपहार दिइने कम्पनीले जनाएकाे छ । यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक टिकटमा लागू हुने र तीन महिनासम्म मान्य हुने जनाइएकाे छ ।

कूल १३ रोपनीमा निर्माण भएको ७८.५ मिटर अग्लो स्काइवाक टावर बाहिरी जिल्ला तथा विदेशबाट काठमाडौँ आउनेका लागि प्रमुख गन्तव्य बनेको कम्पनीकाे दाबी छ । टावरको २५औं तलामा सिसामाथि हिँड्न स्काइवाक बनाइएको छ । त्यहाँ हिँड्दा आकाशमा हिँडेजस्तो अनुभव हुन्छ। साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक उत्कृष्ट गन्तव्य हो।

fa6fe341-7205-4988-90c5-83056a4c2ec5-1751190887.jpg
स्काइवाकमा १० एमएमको तीन तह गरी ३० एमएमको मोटो सिसा राखिएको छ। यसलाई जोड्न डेढ एमएमका दुई सिसा समेत गरी ३३ एमएमको बाक्लो सिसा प्रयोग गरिएको छ। निर्माणका क्रममा जमिनभन्दा ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरू प्रयोग गरिएका छन् ।

टावरको माथि पुग्न दुई वटा लिफ्टको व्यवस्था गरिएको छ, जसमा एकै पटक ४५ जनासम्म जान सक्छन् । त्यस्तै स्काइवाकको माथिल्लो भागमा एकै पटक ५०० जनासम्म अट्न सक्छन् । स्काइवाक साहसिक गतिविधिका लागि मात्र नभई काठमाडौँका ऐतिहासिक स्थलको जानकारी लिन पनि उपयुक्त गन्तव्य हो ।

यहाँबाट घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुडिखेल, धरहरा, शहीदगेट, सिंहदरबार आदि अवलोकन गर्न सकिन्छ । पछिल्लो समयं जमघटको थलो बनेको यस स्थानमा स्काइवाकबाहेक अन्य सुविधाहरू पनि छन् । 

Press-Release-(1)_page-0001-1751190845.jpg
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update