News 24 Television
बालविवाहको जडा अझै हटेन, किशोरी आमा बढ्दै 

मुगु । नेपालमा २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानूनी प्रवाधान छ । तर, मुगु जिल्लामा २० वर्ष नुपग्दै बालविवाह गर्ने मात्र होइन, बालबालिका कै उमेरमा आमा बन्नेको संख्या पनि उल्लेख्य छ । सुरक्षित प्रसूति र सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका किशोरीको अवस्था न्यूनिकरण होइन, बढ्दो क्रममा देखिन्छ । 

नेपालको कानूनले नै २० वर्ष नपुगि विहे गर्न नपाउने व्यवस्था गरेको वर्षौ भयो । तर, सबै क्षेत्रमा यसको कार्यान्वयन देखिन्छ त ? के बालविवाह रोक्न तीनै तहका सरकारले प्रभावकारी कदम चालेका छन् ? संघसंस्थाहरुले लाखौं रकम बालविवाह रोक्नकै लागि खर्चेको कागजी प्रमाण खडा गरेका छन् । तर, के उनीहरुले साँचै बालविवाह रोक्न वा कम गर्न सचेतनाका सार्थक प्रयास गरेका छन् ? अहँ छैनन् । कुनै क्षेत्रमा त बालविवाहको संख्या बढेक्रममा देखिन्छ । यसैको एक उदाहरण हो, हिमाली जिल्ला मुगु । 

जिल्ला अस्पताल मुगुको तथ्यांकलाई मात्रै आधार मान्ने हो भनेपछि यहाँ सुत्केरी हुन आउने वा सुरक्षित गर्भपतन लगाउन आउनेहरु ४५ प्रतिशत २० वर्ष मुनिका किशोरी छन् । 

यहाँ १५ देखि २० वर्षभित्रै विहे गर्नेहरुको संख्या बढ्दो छ । मुगुका प्रत्येक गाँउमा २० देखि २५ जनासम्म किशोरी २० वर्ष नपुग्दै विहे गरेका भेटिन्छन् । सानै उम्मेरमा विवाह गर्ने भएको हँुदा किशोरी अवस्थामा नै प्राय आमा बनिसक्छन् ।  

मुगुमा बालविवाहलाई तथ्याङ्कमा हेर्दा

-  आर्थिक वर्ष ०८१\०८२ मा जिल्ला अस्पतालमा जम्मा २ सय २९ जना सुरक्षित सुत्केरी भए । जसमध्ये ४५ प्रतिशत २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या

-   अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला वर्षहरुमा बढ्दो अवस्थामा 

-   आ.व. ०८१. ०८२ मा जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको संख्या ६४ जना 

-   मेरीस्टोप सेन्टरबाट पनि गर्भपतन गराउने भएको हुँदा त्यहाँ यो संख्या थप उच्च रहेको 

मुगुका चारवटै स्थानीय तहमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्र्न महिला तथा बालबालिका शाखा छन् । जिल्लास्थित १० वटा गैरसरकारी संस्था संलग्न छाता संगठन बाल विवाहविरुद्ध साझा अभियान सञ्जाल छ । यद्यपि, यी निकायले बालविवाह न्युनिकरणका लागि ठोस प्रयास गर्न सकेका छैनन् । 

केही गैरसरकारी संस्थाहरूले बाल विवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरेका भए पनि यस्ता खाले कार्यक्रम प्रभावकारी देखिएका छैनन् । बालविवाह र किशोराअवस्थामै आमा बन्नेको संख्य यसरी बढ्दो क्रममा रहनुले मुलुकका कानूनी अवस्था र महिलाको अवस्थालाई सतहमा प्रष्ट पारेको छ । अब त सरकारले यसतर्फ ध्यान पु¥याउने कि ? 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update