बालविवाहको जडा अझै हटेन, किशोरी आमा बढ्दै
शुक्रबार, साउन ३०, २०८२

राज्यको ध्यान नपुग्दा मुगुका यस्ता पर्यटकीय स्थलहरु ओझेलमा
सोमबार, चैत १८, २०८१
मुगुको रारा ताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाईमा पर्ने पर्यटकीय स्थल हो । मुगुमा राराबाहेक अन्य धेरै धार्मिक तथा प्राकृतिक सम्पदाहरु छन् । तर रारा तालको ख्यातीका कारण यस जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्रहरु भने ओझेलमा पर्दै आएका छन् ।

जलवायु परिवर्तनले मच्चायो वितण्डा ! मुगुमा हाहाकार !
शुक्रबार, माघ २५, २०८१
जलवायु परिवर्तनको प्रभावले नेपाललाई प्रत्यक्ष प्रभाव पार्नेक्रम बढ्न थालेको छ । अहिले माघको तेस्रो साता भइसक्यो तर पनि न त हिमाली क्षेत्रमा प¥याप्त हिमपात भएको छ, न त तराई क्षेत्रमा पुग्ने वर्षा । अन्य क्षेत्रमा जस्तै यस वर्ष हिमपात नहुँदा मुगुका किसानहरु समेत नराम्रोसँग प्रभावित भएका छन् ।

मुगुका १७ विद्यालयमा नेपाली र भोट भाषामा पढाई
शुक्रबार, पुस २६, २०८१
नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अनुरुप मुगम कार्मारोङ गाँउपालिकाले भोट र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको छ ।

युवाहरु विदेशिँदा जन्ती र मलामीको अभाव
बिहीबार, पुस ११, २०८१
यतिबेला मुगुका अधिकांश युवाहरु रोजगारीका लागि भारततिर जाने गरेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु भारततिर लागेका हुन् । गाउँमा उत्पादन गरेको खेतिले वर्षको ६ महिना पनि जिविकोपार्जन गर्न मुश्किल पर्ने भएपछि युवाहरु विदेशिन बाध्य भएका हुन् । गाँउ घरमा अन्य कुनै पनि आयस्रोत नहुदा सवै युवाहरु...

मुगुमा अज्ञात रोगले मर्न थाले चौरी र याक
बुधबार, पुस १०, २०८१
मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ मा स्थानीयले पालेका चौरी तथा याकहरु मर्न थालेका छन् । उच्च हिमाली क्षेत्र, भौगोलिक कठिनाई, दुर्गम र उर्वर जमिनको अभावका कारण आयातित खानामा बाँच्नु पर्ने भएकाले मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्थानीयहरुले दूध खान, छुर्पी बनाउन र भारी बोक्न चौरी तथा याकहरु पाल्ने गर्दछन् ।

मुगुका कैदीबन्दी थुनामा राख्न अन्य जिल्लाहरु पठाइँदै
बुधबार, मंसिर ५, २०८१
मुगुमा कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई अन्य जिल्ला स्थानान्तरण गर्नु पर्ने बाध्यता छ । निर्माण सम्पन्न भइ प्रयोगमा आउनुपर्ने भवन संरचना शहरी डिभिजन भवन जुम्लाले हस्तान्तरण नगरेपछि कैदीबन्दीदेखि थुनुवाहरु बाहिरका जिल्लामा पठाउनु परिरहेको छ । भवन ९ वर्षदेखि अलपत्र बन्दा राज्यको ठूलो धनराशी अनावश्यक खर्च भइरहेको छ ।

विमानस्थलको निर्माणाधिन टर्मिनल भवन अलपत्र
आइतबार, कात्तिक १८, २०८१
मुगुको एक मात्र रारा–ताल्चा विमानस्थलमा निर्माणाधीन रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयको टर्मिलन टावरसहितको भवन निमाण अलपत्र छ । ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण ४ पटक म्याद थप्दा पनि निर्माण पुरा हुन सकेको छैन । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार समेत नहुँदा जोखिमपूर्ण उडान अवतरण हुने गरेको छ ।

राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय
शुक्रबार, कात्तिक १६, २०८१
मुगुको सदरमुकाम गमगढी बजार लगायतका स्थानीय तहमा व्यवसाय सञ्चालन गदै आएका ब्यापारीहरुले राजश्व छली गर्दै आएको अनुगमको क्रममा पाइएको छ । अनुगमनकै क्रममा व्यापारीहरुले म्याद नाघेका र मूल्य सूचीसमेत नराखी खाद्यान्न लगायतका वस्तुहरु बिक्रिवितरण गरिरहेको समेत भेटिएको छ ।

रारामा प्राकृतिक पर्यटनको मात्रै चर्चा, ओझेलमा धार्मिक स्थल
बुधबार, साउन ३०, २०८१
रारा ताल भन्ने बित्तिकै धेरैलाइ लाग्छ यो एउटा चर्चित पर्यटकीय स्थल हो । पर्यटकीय स्थलको रुपमा चर्चित बन्दै जाँदा राराको धार्मिक पक्ष भने छायाँमा पर्दै गएको छ । ताल आसपासमा रहेका विभिन्न धार्मिक स्थलहरूको प्रचार–प्रसार र संरक्षणमा राज्यको कुनैपनि निकायको ध्यान नपुग्दा यहाँको धार्मिक पक्ष क्रमश ओझेलमा पर्दै गएको हो...

माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?
शुक्रबार, जेठ ३२, २०८१
केही हप्ता पहिले मुगुका चार स्थानीय तहमा रहेको खेतियोग्य जमिनको माटो परीक्षण गरियो । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखियो ।

बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र
बुधबार, जेठ २३, २०८१
मुगुमा निर्माण थलिएको बाम बर्थिङ्ग सेन्टरको भवन ६ बर्षदेखि अलपत्र छ । प्रदेश सरकारले बजेटमै हेला गर्दा निर्माणाधीन भवन ६ वर्षदेखि अलपत्र बनाइएको हो ।

गर्मी बढेसँगै मुगुका भेडीगोठ चिसो खोज्दै पाटनतर्फ
बिहीबार, जेठ १७, २०८१
गर्मी बढेपछि बेसी, गाँउघरमा, राखेका मुगुका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । बेँसीमा खेति गर्ने समय हुनुका साथै घाँसपात दाना र चरन क्षेत्रको समस्या हुने हुदा वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् ।

मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै
शनिबार, जेठ १२, २०८१
मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो ।

रारामा १० जिल्लाका १७ टिम कबड्डीमा भिड्दै
मंगलबार, वैशाख २५, २०८१
यहाँको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा अवस्थित नेपालको ठूलो ताल रारामा सञ्चालन हुने कर्णालीकै प्रथम प्रदेशस्तरीय कबड्डी खेलमा १० जिल्लाका १७ टिम दर्ता भएका छन् । यही बैशख २६ गतेबाट राराको किनारमा रहेको ओखरबोटामा हुने उक्त खेलमा १७ टिम भिड्ने भएका हुन् ।
साताको लोकप्रीय