मुगु । धर्तिकी अप्सरा उपमा पाएको रारा ताल घुम्न पुग्ने पर्यटकको संख्या बढ्दो क्रममा छ । मुगुको रारा ताल क्षेत्रमा काठमाडौँ, पोखरा, नेपालगञ्ज, विराटनगर, भरतपुर लगायतका शहरबाट आउने पर्यटकको घूइँचो नै देखिन्छ, हिजोआज । रारा ताल घुम्न आउनेका लागि राराको सौन्दर्यतासँग अहिले घोडाहरुले पनि आकर्षित गरिरहेका छन् ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा अथार्त महेन्द्र तालमा पर्यटकको भीड नै लागेको छ । रारा ताल अर्थात धर्तिकी अप्सराको उपमा पाएको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र । यहाँ अहिले सयौं पर्यटकहरु एकसाथ पुग्ने गरेका छन् ।
रारा क्षेत्रको सौन्दर्यतासँगै यस क्षेत्रमा गरिने घोडा सयरले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ । सवारी पुग्न नसक्ने ठाउँसम्म पनि घोडामा यात्रा सहज बनाइदिने भएपछि अहिले घोडा पालकहरु पनि आयआर्जन भइरहेको भन्दै खुशी छन् ।
अहिलेको समयमा रारामा दैनिक ५० देखी १सय ५० जना सम्म स्थानीय पर्यटक घुम्न पुगिरहेका छन् । रारा घुम्न पुगेका पर्यटकहरुको मुख्य रोजाइ नै बनेको छ, घोडा सवार सल्लेरीबाट ,रारा हुटु, मुर्माटप,महादेब मन्दिर,लागुडा मन्दिरसम्म घोडाबाटै सवार गरेर रमाइलो गर्दछन् । एकजनाको ३ सयका दरले दैनिक २५ सय देखी ८ हजार सम्म एक घोडा चालकले कमाउने गरेका छन् ।
हिड्न नसक्नेहरुका लागि घोडाका कारण सहजमात्रै भएको छैन, मजदुरी गर्न भारतसम्म पुग्ने स्थानीयहरु पनि यतै कमाउन थालेका छन् । भारतका चोक गल्लीहरुमा चौकीदारी, मजदुरी गर्नुभन्दा घोडा पालेर पर्यटकलाई सुविधा दिदाँ आफ्नै देशमा बसीबसी राम्रो आम्दानी हुन थालेको उनीहरु बताउँछन् । तर घोडा व्यवसायीबाट पनि राज्यले कर असुली रहेको छ प्रत्येक बर्ष राज्यले करमात्र उठाउने तर, घोडा हिड्ने बाटो समेत नवनाएकोप्रति भने उनीहरुको गुनासो छ ।
पर्यटकहरुबाट घोडा ब्यावसायीले उठाएको २० प्रतिशत रकम मध्याबतर््िा क्षेत्र ब्यावस्थापन समितिले लिने गरेको छ । सो समितिले १० प्रतिशत घोडा चालक समितिमा जम्मा गर्ने र पर्यटन भरिया शुल्क बापत कार्यालयमा जम्मा भएको १० प्रतिशत रकम पर्यटक वा घोडा चालक जो कोही अचानक बिरामी हुदा आपतकालिन खर्चे लागी भनी जम्मा गर्ने गरेको छ ।
विशेषगरी रारामा बन्दै गरेको साईकलीङ्ख रोडको कारण समस्या हुदै आएको बताउदै घोडा चालकको गुनासोप्रति मध्यावर्ति क्षेत्र ब्याबस्थापन समिति र घोडा चालक समितिको सहकार्यमा बाटो सुधार गर्ने बताइएको छ ।
पछिल्लो समय रारा पुगेका पर्यटकहरु राराको पुरै दृश्य हेर्नका लागि मुर्माटप, चुचेमारा पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
मुर्माटप पुग्दा त्यहाँबाट सैपाल हिमाल, छायानाथ, चंखेली हिमाल, चुचेमारा हिमाल लगाएत अन्य धार्मिक तीर्थस्थलसहित बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत ७ जिल्लाको अवलोकन गरेर फर्किदा निकै आनन्द आएको पर्यटक बताउछन् ।
घोडा सवार गर्दै रारा तालसम्म पुग्न पर्यटकलाई पनि हाइसन्चो भएको छ । रारामा घुम्न आउने पर्यटकहरुको दैनिक संख्या बढेपछि रारामा घोडा ब्यावसायहरुको राम्रो आन्दानी भइरहेको छ । तर घोडा व्यवसाय र पर्यटकबीच आउन सक्ने समस्यालाई ध्यानमा राख्दै रारा राष्ट्रिय निकुन्ज कार्यदलले पनि चासो दिन जरुरी छ ।
