मुगु । मुगु जिल्लाका आम नागरीकहरुको आम्दानी र रोजी रोटीको मुख्य स्रोत भर्नेको पशु पालन हो । बिगत लामो समयदेखि भेडा, बाख्रा पालन गरि जीवन निर्वाह गर्दै आएका मुगुका सोरुगाँउपालिका वडा नम्बर १० र ११का कृषकहरुले पाल्दै आएका भेडा बाख्रा अज्ञात रोगका कारण मर्न गालेको दुई महिना बढी भइसकेको छ । अहिले पशु स्वास्थ्यककर्मीहरु कृषकका भेडी गोठमा नै पुगेर रोग पहिचानसहित उपचारको खोजीमा छन् ।
पुस्तौंदेखि भेडाबाख्रा पालन गरि जीविकोपार्जन गर्दै आएका मुगु सोरु गाउँपालिकाका बासिन्दा यतिबेला पशुमा देखिएको अज्ञात रोगले चिन्तित छन् । एक्कासी भेडाको टाउको, घाँटी सुनिने, ऊन खुईलीर्ने, छेर्ने र लत्रिदै गएर मर्ने गरेको भेडापालक किसानहरु बताउँछन् ।
झण्डै दुई महिनादेखि अज्ञात रोगले पशु चौपाया मरे पनि औषधि नपाएपछि किसानहरु चिन्तित बनेका हुन् । धमाधम भेडाबाख्रा मरेपछि यतिबेला पालिका, जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधि सहितको टोली उपचारमा लागिरहेको छ ।
खासगरि सोरु गाउँपालिकाको १० र ११ वडाका भेडाबाख्रा पालक किसान बढी चिन्तित छन् । दुई वडामा ठूलो संख्यामा भेडाबाख्राहरु मरेपछि पालिको पशु स्वास्थ्य टिमले उपचार थालेको थियो । तर रोग पहिचान नभएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय गमगढी र संघीय पशुपक्षिं प्रयोग शाला सुर्खेतबाट टोलि सहित कृषकका गोठमा आइपुगेका छन् ।
ल्याबको रिपोर्ट आएपछि मात्र रिपोटको आधारमा थप औषधी उपचारि गरिने गाँउपालिकाले जनाएको छ । प्रदेश प्रयोग शाला, पालिका र जिल्ल्ला पशु अस्पताल तथा पशु सेवा कार्यलय र पत्रकार सहितको ८ जनाको टोलि भेडी गोठमा पुगेर पशु आहारा तथा बासस्थानकोबारेमा अध्ययन थालेका छन् । किसानका गोठका भेडाबाख्रा धमाधम मरे पनि महामारी नै नभएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका अधिकारी तथा पशु चिकित्सकहरुले बताएका छन् ।
पशु चिकित्सकसहितको टोलीले यहाँका भेडाबाख्राको बासस्थान तथा आहाराको अध्ययन गरि गोठ सुधार गर्न सुझाव दिएका छन् । टोलीले बिरामी भेडाबाख्राको रगत परीक्षण तथा मरेका भेडाहरुका बिभिन्न अंगको परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।
